२०८१ बैशाख ६, बिहिबार | Thu, 18, Apr, 2024
काँग्रेस अधिवेशनः

गाउँमा सहमति, पालिका र जिल्लामा गुटैगुट

  • २०७८ भाद्र २९, मंगलबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा- नेपाली काँग्रेसको वडा अधिवेशन सकिएपछि पालिका र जिल्ला नेतृत्वमा नेताहरुको ध्यान गएको छ । जिल्ला तथा पालिका नेतृत्वमा दुई गुटबीच नेतृत्व लिन होडबाजी छ । वडा अधिवेशनमा क्षेत्रीय प्रतिनिधीसहित ७५ मध्ये ७३ वडामा सहमतिमै नेतृत्व चुनिएको थियो ।
    पालिका तहमा आइपुग्दा काँग्रेसको संस्थापन (देउवा) र पौडल-कोइराला समुहबीच प्रतिपर्धा छ । दुई समुहका प्यानलै उम्मेदवार तयार भएका छन् । कम्तिमा पदाधिकारी जति जिल्लाका आठै स्थानीय तहमा प्यानल बन्ने निश्चित छ ।

    नेतृत्व लिन चाहाने धेरै भएकाले दुई पक्षीय निर्वाचन स्वभाविक भएको चिशंखुगढी गाउँपालिकाका सभापतिका उम्मेदवार गोपालमान थापा बताउँछन् । उनी संस्थापन पक्षका उम्मेदवार हुन् । अर्को समुहले पनि थापाको काउन्टरमा उम्मेदवार खडा गरेको छ ।
    यस्तो अवस्था जिल्लाका आठै स्थानीय तहमा छ ।

    जिल्ला र पालिका तहको निर्वाचनमा टिमबाहिरबाट चुनाव लड्दा कुनै नेताको पनि जित्ने अवस्था नहुने प्रेस युनियनका जिल्ला अध्यक्ष जीवन शर्मा बताउँछन् ।

    नेतृत्वमा दुई गुटबीच टक्कर

    जिल्लाको नेतृत्वका लागि पनि दुई गुटबीच निर्वाचन हुने भएको छ । शुरुमा चार जनाले दावी गरे पनि निर्वाचनमा जाँदा दुई जनाले उम्मेदवारी घोषणा गरेका छन् । वर्तमान उपसभापति तेजेन्द्र खनाल र यस अघिका सभापतिका प्रत्यासी बालकृष्ण दाहालबीच प्रतिस्पर्धा छ ।
    खनाल संस्थापन र दाहाल पौडल-कोइराला पक्षका उम्मेदवार हुन् ।

    जिल्लामा तुलनात्मक रुपमा संस्थापन पक्ष बलियो देखिन्छ । सभापति प्रदिप सुनुवाले उपसभापित तेजेन्द्र खानाललाई अघि सारेका छन् ।

    जिल्लामा विगत देखिनै दुई समुहबीच निर्वाचन हुँदै आएको छ । अघिल्ला दुई निर्वाचनमा देउवा समुहका प्रदिपकुमार सुनुवार दुई कार्यकाल सभापित भए । सुनुवारसँग पराजित दाहाल नेतृत्व हात पार्न दौडमा छन्, भने सभापति सुनुवार आफ्नो समुहका नेता तेजेन्द्र खनाललाई नेतृत्व हस्तान्तरण गर्न चाहान्छन् ।

    दुवै समुहका नेताहरुले आफ्नो पक्षमा क्षेत्रीय प्रतिनिधी पार्न पहल गरिरहेका छन् । वडाबाट निर्वाचित प्रतिनिधीहरुको मतदानबाट सभापति तथा पदाधिकारी निर्वाचित हुने प्रावधान छ । सबै पदमा उम्मेदवारी दिएर निर्वाचन लड्ने पक्षमा दुवै समुह छन् । जिल्लामा झण्डै १ हजार ५ सय प्रतिनिधी निर्वाचित भएका छन् ।

    अहिले नेताहरु कसका पक्षमा कति प्रतिनिधी आए, कसलाई कसरी आफ्नो पक्षमा पार्न सकिन्छ भन्ने कसरतमा छन् । ‘प्रतिनिधी निर्वाचितको अवस्था राम्रो छ, व्यवस्थापन सहि तगर्न सकिएमा चुनावि जितिन्छ’ दाहाल खेमाकी नेतृ गोमा केशीले भनिन् । उनले यो पटक जसरी पनि जित हुने उनले बताइन् ।

    गिरीजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा सचिवालयमा बसेका नेता दाहाल दुई पटक संसदीय निर्वाचनमा पराजित भएका थिए । उनीप्रति सबैको सहानुभूति रहेको उनी निकट युवा सन्तोष दाहाल बताउँछन् ।

    जिल्लामा तुलनात्मक रुपमा संस्थापन पक्ष बलियो देखिन्छ । सभापति प्रदिप सुनुवाले उपसभापित तेजेन्द्र खानाललाई अघि सारेका छन् । खनालको पक्षमा शुरुमा नेताहरु नखुले पनि जिल्ला सचिवहरु नबराज केशी र रुद्रप्रसाद अधिकारीको समर्थन रहने छ ।

    केशी खुलेर लागेका छन् भने अधिकारी आफै सभापति दावी गरे पनि आफ्नो पोजिसन सुरक्षित गर्न अन्तमा खनालको पक्षमा खुल्ने नेताहरु बताउँछन् । जिल्लामा बसेर काम गरेको र कार्यकर्ताहरुको चाहाना पनि युवा पुस्तामा नेतृत्व आउनु पर्ने चाहाना भएकाले आफुले निर्वाचन जित्ने खनालले बताए । सभापितमा निर्वाचित हुन ५१ प्रतिशत मत प्राप्त गर्नुपर्छ ।

    तटस्थ जस्तो देखिने संविधान सभा सदस्य रामहरि खतिवडा पनि संस्थापन समुहमै छन् । निर्वाचनमा खनाललाई सघाउने उनले बचन दिएको नेताहरु बताउँछन् । दाहालको पक्षमा कुमार लुईटेल, गोमा केशी, टेकराज भट्टराई लगायत नेताहरु छन् ।

    प्रतिक्रिया दिनुहोस