२०८१ बैशाख ६, बिहिबार | Thu, 18, Apr, 2024

संविधान दिवसमा फलफुल वितरणदेखि सरसफाइसम्म

  • २०७८ आश्विन ३, आईतबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा- ओखलढुंगामा अस्पतालका विरामीलाई फलफुल वितरणदेखि मन्दिर सरसफाइ गरेर संविधान दिवस मनाइएकाे छ । उद्याेग बाणिज्य संघले सामुदायिक अस्पताल साेब्रुमा उपचाररत विरामीलाई फलफुल वितरण गरेकाे छ । अस्पतालमा उपचारका लागि भर्ना भएका ८५ जना बिरामीलाइ फलफूल वितरण गरिएकाे हाे ।

    स्वास्थ्य लाभकाे कामनासहित फलफुल वितरण गरिएकाे संघका अध्यक्ष ज्ञानेन्द्रकुमार मास्कले बताए । उनले फलफुल वितरण तथा जिल्लाका उच्च पदपस्थ व्यक्तिकाे भेटघाटबाट अस्पतालका विरामीकाे आत्मविश्वास बढाउन प्रेरणा मिल्ने विश्वास व्यक्त गरे ।

    फलफुल वितरणमा सिद्धिचरणका मेयर माेहन श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी बन्दना राई लगायत सुरक्षा प्रमुख वाणिज्य संघका पदािधकारीहरु सहभागी थिए ।

    त्यस्तै जिल्ला प्रशासन कार्यलय तथा सुरक्षा निकायका पदािधकारीहरुले सिद्धिचरण नगरपालिका वडा नं ११ स्थि जाल्पा मन्दिरकाे सरसफाइ गरेका छन् । आफ्ना कार्यलय तथा मन्दिर परिसर सरसफाइ गरेर संविधान दिवस मनाएका हुन् ।

    प्रतिक्रिया दिनुहोस