२०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024

कोरोनापछिकाे मलेशिया र नेपाली कामदारकाे अवस्था

  • २०७८ आश्विन १०, आईतबार मा प्रकाशित २ साल अघि
  • विश्वब्यापी रुपमा फैलिएको कोरोनाको कारण खासै नेपालमात्र नभइ बिश्व नै प्रभावित भइरहेको छ। पछिल्लो समयमा नेपालमा पनि भ्याक्सिनहरुको प्रभावले थोरै मात्रमा भएपनी संक्रमित हरुको संख्यामा कमि आएको विभिन्न अध्ययनबाट देखिन्छ ।

    यसैबीच नेपालबाट रोजगारको लागि बाहिर मुलुकहरुमा जाने नागरिक हरुको बरे पनि कोभिडले के कस्ता किसिमको प्रभाव पारेको छ भनेर नेपाल सरकार, सम्बधित देशका दुतावास लगायत विभिन्न आवाशीय तथा गैरआवासीय संघ संस्थामार्फत सरकारले डाटा संकलन समेत गरेसकेको छ। पछिल्लो समयमा मलेसिया सरकारले कोभिड नियन्त्रणका लागि भनेर विभिन्न चरणबद्ध रुपमा लकडाउन समेत गरेको थियो।

    जसको प्रत्यक्ष असर मलेसियन नागरिकलाई भन्दा बैदेशिक रोजगारीमा लागि जानेलाई धेरै परेको थियो। अधिकांश कम्पनी नै बन्द भएर बिना काम बस्नुसमेत परेको थियो।अझ त्यहि समयमा संक्रमित बन्न पुग्ने हरुका लागि त झनै त्यहाको मानिसले गर्ने व्याबहार र हेर्ने नजर लगायत अन्य कुराहरुले अझै चुनौतीपूर्ण अबस्था सिर्जना उत्पन्न गरेको थियो। तर जसोतसो मलेसियाले अहिले खोप कार्यक्रमलाई प्रथामिकतामा राखेर विभिन्न खोप अभियान संचालन गरिरहेेको छ।

    यस्तो खोप अभियान पनि मलेसिया सरकारले बिभिन्न चरणमा राखेको छ।प्रथम चरणमा स्वास्थ्य तथा सुरक्षाकर्मी लाई राखिएको थियो भने दोस्रो चरणमा बृद्द तथा बालबालिका हरुलाइ प्रथामिकता राखेको थियो।अहिले मलेसियाले तेस्रो चरणको कार्यक्रम अन्तर्गत बाकी रहेका नागरिक लगायत लगायत बिदेशी नागरिकलाई खोप लगाउने कार्यक्रम गरिरहेको छ ।

    तेस्रो चरण अन्तर्गत हालसम्म मलेशियामा पुर्ण खोप पाउनेको संख्या ५७% पुगिसकेको छ।मलेशिया सरकारले आगामी फेब्रुअरीसम्म  मलेशिया लाई पुर्ण खोपयुक्त देश बनाउने लक्ष्य लिएको मलेशिया सरकारको प्रतिबेदनले जनाएको छ।

    मलेसियामा काम गर्ने बिदेशी कामदारममा सवैभन्दा बढी ईण्डोनेसियालीहरु छन् । नेपालीहरुको संख्या दोश्रो नम्वरमा पर्छ ।मलेसियामा काम गर्ने नेपालीलेभोगिरहेको सवैभन्दा ठूलो समस्या कार्यथलोमा हुने दुर्घटना र सडक दुर्घटना हुन् ।

    पछिल्लो समय मलेशियाले कोरोना संक्रमित घट्न सुरु हुनासाथ लकडाउन लाई पनि खुकुलो बनाएको छ।लकडाउनले देशको अर्थतन्त्रमा आएको गिरावट लाई  उकास्नका लागि भन्दै अहिले मलेशियाले बाहिर मुलुकबाट कामदार ल्याउने प्रकृयामा समेत कटौती गरेको छ ।

    यसरी कटौति गरेर स्वदेशमा कोरोनाबाट प्रभाबित भएर बेरोजगार बनेका नागरिकलाई रोजगारीमा ल्याउने नीति लागू गरिसकेको छ।अधिकांशले पुर्ण खोप लगाइसके पछि अहिले मलेसियामा जति पनि बैदेशिक कामदार छन् । सबैजसो कामदार  सामान्य काममा फर्किसकेका छन।

    पूर्वी एसियामा तीब्र आर्थिक विकास गरिरहेको मलेसिया बहुजातीय र बहुसाँस्कृतिक मुलुक हो । मलेसियामा मुस्लिम धर्म मान्नेहरु धेरै रहेका छन् । मलेसियाको उद्योग व्यवसायको ठूलो हिस्सा चिनियाँ मुलका उद्यमी र व्यवसायीको हातमा छ । ६० प्रतिशत मलायाहरु रहेको मलेसियामा २६ प्रतिशत चिनिया मुलका मानिसको बसोवास बस्छन् भने भारतीय मुलका मानिसको बसोवास पनि उल्लेख्य छ।

    मलेसियामा कम्प्युटरका चिप्स, कार्ड तथा मोटर र मोटर पार्टसहरुका काम हुनछन् । उद्योगका साथै पर्यटन र कृषि पनि मलेसियाको आम्दानीको श्रोत हो । मलेसियामा आन्तरिक सुरक्षा, ट्राफिक र कामदार कानुन निकै कडा छन् । कानुन अनुसार नै यहाँका सुरक्षा अंगले शंकाकै आधारमा कसैलाई पनि गिरफ्तार गर्न र थुन्न पाउँछन् ।

    मानव अधिकारको पालनको हिसावले विश्व समुदायले मलेसियाको आलोचना गर्छ । मलेसियाको राजधानी क्वालालम्पुर हो । मलेसियाको मुद्रालाई रिंगिट भनिन्छ । नेपालको विनिमय दर अनुसार एक रिंगिट बरावर नेरु २८  को हाराहारी हुन्छ । यो बिनिमय दर अमेरिकी डलरको भाउसँगै तलमाथि हुन्छ ।

    भाषा मलेसिया (मलाया) मलेसियाको राष्ट्रिय भाषा हो । तर चिनियाँ र तमिल भाषा पनि चलन चल्तिमा छ र अंग्रेजीको सामान्य प्रयोग हुन्छ ।धेरैजसो नेपाली राजधानी क्वालालम्पुर, जोहार बारु, पेनाङ लगायतका शहरमा कार्यरत छन् ।

    धेरैजसो नेपालीले कलकारखानामा मजदुर, सुरक्षा गार्ड, होटल, रेष्टुराँमा काम गर्छन् । यसैगरी मलक्का लगायतका क्षेत्रमा कृषि क्षेत्रमा पनि नेपाली कामदार कार्यरत छन् । नेपाली जस्तै यहाँ अरु देशका कामदार पनि धेरै छन् ।

    मलेसियामा काम गर्ने बिदेशी कामदारममा सवैभन्दा बढी ईण्डोनेसियालीहरु छन् । नेपालीहरुको संख्या दोश्रो नम्वरमा पर्छ ।मलेसियामा काम गर्ने नेपालीलेभोगिरहेको सवैभन्दा ठूलो समस्या कार्यथलोमा हुने दुर्घटना र सडक दुर्घटना हुन् ।

    यहाँ नेपालमा भन्दा गर्मी हुन्छ ।मलेसियामा नेपालीको ज्यान जाने मुख्य कारणमा सडक दुर्घटना रहेको छ । त्यसैले मलेसिया जान चाहनेले सडक प्रयोगका बारेमा राम्रोसँग बुझेर मात्रै जानु पर्दछ ।

    मलेसियामा नेपालको दूतावास राजधानी क्वालालम्पुरमा छ। कुनै समस्या परेमा क्वालालम्पुरमा रहेको नेपाली दुतावासमा सम्पर्क गरेर सल्लाह तथा सहयोग लिन समेत सकिन्छ।

    -भट्ट मलेसियामा कार्यरत छन्

    प्रतिक्रिया दिनुहोस