२०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024

‘संस्थापन’काे अर्थ शब्दकाेशमा खाेज्नुस्: रामकुमार सुवेदी

  • २०७८ आश्विन ११, सोमबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा- नेकपा एकिकृत समाजवादीकाे जिल्ला कमिटी घाेषणा कार्यक्रम शुरु भएकाे छ । जिल्ला समन्वय समिति ओखलढुंगाकाे हलमा शुरु भएकाे कार्यक्रममा विभिन्न पार्टीबाट नेता कार्यकर्ता प्रवेश समेत गराइएकाे छ । नेपाली काँग्रेसबाट २ दर्जन युवाहरु प्रवेश गरेकाे अनेरास्ववियुका उप महासचिव दिपक फुयलले जानकारी दिए ।

    उनका अनुसार जन्तरखानी र बर्णालुका युवाहरु पार्टी प्रवेश गरेका हुन् ।साे कार्यक्रममा  पुराना वामपन्थी नेता तथा एमालेकाे सचिवालय सदस्य रामकुमार सुवेदीले सम्बाेधन गरेका छन् ।

    उनले कम्युनिष्ट पार्टीकाे संस्थापक माधव नेपाल भएकाे तर्क गरे । उनले स‌ंस्थापनकाे अर्थ हुल जता छ त्यतै नहुने भन्दै स्थापनाकर्ता नै संस्थापक र संस्थापन भएकाे बताए । यदी अर्थ थाहा नभए शब्दकाेष पढ्न पनि उनले सुझाए । एकिकृत समाजवादी क्याडर वेश पार्टि भएकाे र कम्युनिष्ट पार्टीकाे आदर्श यसले बाेकेकाले आफु याे पार्टिमा आएकाे उनले बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस