२०८१ बैशाख ४, मंगलबार | Tue, 16, Apr, 2024

नेकपा एस ओखलढुंगामा वाग्ले अध्यक्ष, भट्टराई ईञ्चार्ज; १० पदाधिकारी काे- काे छन् ?

  • २०७८ आश्विन ११, सोमबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा- नेकपा एकिकृत समाजवादीको जिल्ला अध्यक्षमा हंशराज वाग्ले चयन भएका छन् । जिल्ला भेलाबाट वाग्ले अध्यक्ष चयन भएका हुन् । उनी यस अघि नेकपा कालीन १ नं. प्रदेश कमिटीमा सदस्य तथा युवा तथा खेलकुद फाँटका सह ईञ्र्चाज थिए ।

    नेकपाको समानान्तर कमिटीका अध्यक्ष नेत्र भट्टराई केन्द्रिय सदस्य तथा जिल्ला ईञ्चार्ज चयन भएपछि कमिटी पुनःगठन गरिएको हो । भट्टराईले ७५ सदस्यीय जिल्ला कमिटी घोषणा गर्दै पदाधिकारी तथा सदस्यहरुको सपथ गराएका थिए ।

    जिल्ला समन्वय समितिको हलमा भएको कमिटी घोषणा तथा नेकपा माओवादी केन्द्र, नेकपा एमाले र नेपाली काँग्रेस परित्याग गरि ५१ जना नेकपा एकिकृत समाजवादीमा प्रवेश गरेका थिए ।

    नेकपा एमालेका सचिवालय सदस्य रहेका पुराना कम्युनिष्ट नेता रामकुमार सुवेदी, नेकपा माओवादी केन्द्रका जिल्ला सदस्य प्रविण श्रेष्ठ, फत्त बोगटी एकिकृत समाजवादीको कमिटीमा समावेश भएका छन् । त्यस्तै एमालेबाट तेजेन्द्र श्रेष्ठ र अनिता मगर समाजवादीको जिल्ला कमिटीमा आएका छन् ।

    उनीहरुलाई इञ्र्चाज नेत्र भट्टराईले जिल्ला कमिटीको जिम्मेवारीमा तोकिएको बताए । यीमध्ये रामकुमार सुवेदी उपसचिव चयन भएका हुन् ।
    जिल्ला कमिटीका अन्य पदाधिकारीहरुमा उपाध्यक्षहरु मेखबहादुर खड्का, माबर सुनुवार र निर्मला श्रेष्ठ चयन भएका छन् । सचिव नरेन्द्रकुमार श्रेष्ठ, उपसचिवहरु रामकुमार सुवेदी, कमल खड्का, दिपक फुयल, सञ्जीप गुरुङ र कलावती राई रहेका छन् ।

    भेलाबाट २५ सदस्यीय सचिवालय, सल्लाहकार समिति ९ सदस्यीय चयन गरिएको उप सचिव दिपक फुयलले जानकारी दिए । सल्लाहकार समितिको संयोजकमा एकराज खतिवडा छन् ।

    जिल्ला कमिटी बैठकले युवा संघको पदाधिकारीलाई पूणर्ता दिएको छ । यस अघि जिल्ला कमिटी घोषणा भएको थियो ।

    प्रतिक्रिया दिनुहोस