२०८० चैत्र ६, मंगलबार | Tue, 19, Mar, 2024

सिद्धिचरणमा भ्रष्टाचार बढ्याे, नेकपा एसले खबरदारी गर्छ: वाग्ले

  • २०७८ आश्विन २२, शुक्रबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा-  नेकपा एकिकृत समाजवादीका जिल्ला अध्यक्ष हशंराज वाग्लेले सिद्धिचरण नगरपालिकामा भ्रष्टाचार र चरम वेतिथि बढेकाे बताएका छन् ।

    बाल सरोकार समुहले आयाेजना गरेकाे फुटसल प्रतियाेगिता उद्घाटन गर्दै  वाग्लेले विकासका याेजनामा ढिलासुस्ती र अनियिमतता बढेकाे भन्दै उनले युवाहरुसँग मिलेर अनियमितता पर्दाफास गर्ने बताए ।

    नगरकाे विकासकाे नेतृत्व गर्ने मेयरका आँगनकाे सडक पेटीका खाल्डा समेत पुर्न नसकेकाे भन्दै उनले आसेपासेलाई  समितिमा राखेर  विकासका याेजनामा अनियमितता भएका गुनासा आएकाले यसबारे खाेजी गर्न युवाहरुलाई वाग्लेले अपिल गरे ।

    उनले भने ‘मेयरका आँखा घर मुनिकाे खेल मैदानमा परेन, खेल मैदानका खाल्डा पुर्न नसक्नेले नगरपालिकाकाे नेतृत्व गरेकाले सदरमुकाम नगरपालिकाजस्ताे भएन ।’ वाग्लेले खेलाडिहरुलाई फुटवल उपहार दिदै खेलाडिकाे क्षमता विकासमा बन्द प्रशिक्षण गराउने प्रतिबद्धता पनि जनाए ।

    प्रतियाेगिता ३ दिन चल्नेछ । उद्घाटन खेलमा ३ समुहले विजयी शुरुवात् गरेका छन् । उद्घाटन कार्यक्रममा अनेरास्ववियु केन्द्रिय कमिटिका उपमहासचिव दिपक फुयालले युवाहरुलाई खेल क्षेत्रमा आकर्षित गरेर उनीहरुलाई व्यवसायिक बनाउनु पर्नेमा जाेड दिए । उनले युवा शक्ति समाज परिवर्तनकाे संवाहक भएकाले उनीहरुलाई देश विकासका काममा हातेमालाे गर्दै नेतृत्वमा स्थापित गर्न माग गरे ।

     

     

    प्रतिक्रिया दिनुहोस