२०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024
ओखलढुंगामा दुर्घटना अपडेट

ककनी दशर्नमा गएका ४ दर्शनार्थीकाे दुर्घटनामा मृत्यु, गाउँ नै शाेकमा

गाउँ नै शाेकमा डुब्याे

  • २०७८ कार्तिक २९, सोमबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा- चम्पादेवीस्थित ककनी मन्दिर दर्शनका लागि गएका चार यात्रुकाे दुर्घटनामा ज्यान गएकाे छ । सुनकाेसी गाउँपालिका १० कटुञ्जेमा भएकाे दुर्घटनामा उनीहरुकाे घटनास्थलमै मृत्यु भएकाे हाे ।

    जिल्ला प्रहरी कार्यालयका डिएस्पी गाेविन्द काफ्लेका अनुसार तीन जनाकाे घटनास्थल र एक जनाकाे उध्दार गरेर उपचारका लागि लैजाने क्रममा ज्यान गएकाे हाे । गम्भीर घाइते चार जनालाई हेलिकाेप्टरबाट काठमाण्डाैं पठाइएकाे छ । अन्य ९ जनाकाे स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेकाे छ ।

    दुर्घटना मा ज्यान गुमाउनेहरु सबै सिद्धिचरण नगरपालिका १० रुप्सेका रहेका छन् । दुर्घटनामा  १७ वर्षकी  तुलसा मगर,  ३५ बर्षीया मिठूमाया मगर,  ३५ वर्षीया शान्ता मगर र उमेर नखुलेका खगेन्द्र मगर रहेका छन् । अन्य एक जनाकाे समेत ज्यान गएकाे बताइए पनि पहिचान हुन सकेकाे छैन ।

    एकै गाउँका मिलेर मन्दिरमा दर्शन गर्न गएका थिए । दुर्घटनमा एकै गाउँका चारकाे मृत्यु  र दर्जन बढि घाइते भए पछि गाउँ नै शाेकमा डुवेकाे छ ।

     

     

     

     

    प्रतिक्रिया दिनुहोस