२०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024
काँग्रेस महाधिवेशन

यी हुन् ओखलढुंगा काँग्रेसको महाधिवेशन प्रतिनिधिमा दाबेदार युवाहरु

  • २०७८ मंसिर ३, शुक्रबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा – नेपाली काँग्रेसमा संघीय महाधिवेशन प्रतिनिधि सबैभन्दा धेरैले रुचाउने पद हो । महाधिवेशन प्रतिनिधिले राष्ट्रिय महाधिवेशनमा मत दिन पाउँछन् । त्यति मात्र नभएर केन्द्रिय पदाधिकारीमै उम्मेद्वारी दिन महाधिवेशन प्रतिनिधि हुनुपर्छ । त्यसैले यो पदका लागि हानाथाप गर्नेको कमी हुँदैन । महासमिति सदस्य समेत महाधिवेशन प्रतिनिधिबाटै चुनिन्छ । महासमिति सदस्य भईसकेपछि काँग्रेसको विधान महाधिवेशनमा सहभागी हुन पाइन्छ । कार्यकारी नभएपनि सम्मानित पद भएकोले काँग्रेस राजनीतिमा लागेका अधिकांशको आकर्षण महाधिवेशन प्रतिनिधि बन्नेमा देखिन्छ । सिधै केन्द्रीय नेतृत्वसँग सम्बन्ध विस्तारका लागि महाधिवेशन प्रतिनिधि पद लाभदायी हुन्छ ।

    एउटा संघीय निर्वाचन क्षेत्रमा २६ जना महाधिवेशन प्रतिनिधि र एकजना जिल्ला सभापतिले गरि २७ जनाले राष्ट्रिय महाधिवेशनमा मत दिने अधिकार छ । ओखलढुंगाको १४ औं जिल्ला अधिवेशनमा महाधिवेशन प्रतिनिधिका लागि केही युवाहरुले पनि दाबी गरेका छन् । बालकृष्ण दाहाल र तेजेन्द्र खनाल दुवै समूहबाट शसक्त युवाको उम्मेद्वारी देखिन्छ ।

    यी हुन् शसक्त युवाहरु
    तेजेन्द्र खनाल प्यानलको तर्फबाट युवा उम्मेद्वारहरुको रुपमा सर्वधन तामाङ, जिवन हाताचो राई, सविता राई, मैंया राई, सुनिता अधिकारी, प्रकाश दाहाल, कुमार श्रेष्ठ लगायत छन् । त्यसैगरि बालकृष्ण दाहालको प्यानलबाट लिलावल्लभ दाहाल, नविन राई, प्रविणहाङ राई, अर्चना लुइटेल, जानुका बराल लगायत छन् ।

    तेजेन्द्र खनाल समूहबाट सर्वधन तामाङ, जिवन हाताचो राई र कुमार श्रेष्ठ आदिवासी जनजातिबाट महाधिवेशन प्रतिनिधिका उम्मेद्वार हुन् । सर्वधन तामाङ वर्तमान सभापति प्रदिप सुनुवारका निकटस्थ हुन् । लामो समयदेखि काँग्रेस राजनीतिमा सक्रिय तामाङ काँग्रेसको जिल्ला कार्यालय भवन बनाउने लगायतका काममा खटिएका थिए ।
    जिवन हाताचो राई पनि नेपाली काँग्रेसमा लामो समयदेखि योगदान गरेका युवा हुन् । यसअघिको १३ औं जिल्ला अधिवेशनमा महाधिवेशन प्रतिनिधि पदमा खुल्ला तर्फको उम्मेद्वारी दिई थोरै मतान्तरले पराजित भएका थिए । उनी मानेभन्ज्याङ गाउँपालिकाबाट प्रतिनिधित्व गर्छन् । विभिन्न जातीय संस्था तथा सामाजिक संस्थामा लामो समयदेखि आबद्ध हाताचो किरात राईहरुको छाता संस्था किरात राई यायोक्खाका केन्द्रिय उपाध्यक्ष हुन् । तेजेन्द्र खनाल समूहबाट आदिवासी जनजाति तर्फबाट महाधिवेशन प्रतिनिधि बनेका हाताचो अर्का प्रभावशाली युवा मानिन्छन् ।

    कार्यकारी नभएपनि सम्मानित पद भएकोले काँग्रेस राजनीतिमा लागेका अधिकांशको आकर्षण महाधिवेशन प्रतिनिधि बन्नेमा देखिन्छ । सिधै केन्द्रीय नेतृत्वसँग सम्बन्ध विस्तारका लागि महाधिवेशन प्रतिनिधि पद लाभदायी हुन्छ ।

    मानेभन्ज्याङ गाउँपालिकाका उपाध्यक्ष समेत रहेकी सविता राई युवा नेतृको रुपमा सम्भावना बोकेकी महिलाको रुपमा चिनिन्छन् । महाधिवेशन प्रतिनिधिमा खुल्ला तर्फका उनेको उम्मेद्वारी छ । लिलावल्लभ दाहाल यसअघि पनि बालकृष्ण दाहालकै समूहबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित युवा हुन् । पेशाले पर्यटन व्यवसायी दाहाल राजधानमै रहेर जिल्लामा प्रभाव राख्ने नेताको रुपमा परिचित छन् ।

    बालकृष्ण दाहाल प्यानलबाट आदिवासी जनजाति तर्फ महाधिवेशन प्रतिनिधिको उम्मेद्वार नविन राई युवाहरुमाझ लोकप्रिय युवा हुन् । नेवि संघका पूर्व केन्द्रिय उपाध्यक्ष रहेका राई १३ औं जिल्ला अधिवेशनमा बिना प्यानल स्वतन्त्र रुपमा महाधिवेशन प्रतिनिधिमा चुनावमा सहभागी हुँदा थोरै मतान्तरले मात्र पराजित भएका थिए ।
    मैंया राई, सुनिता अधिकारी, अर्चना लुइटेल, जानुका बराल, प्रविणहाङ राई लगायतका युवाहरु पार्टीको भातृसंस्थामा कार्यरत हुन् । उनीहरुले यसैपटक महाधिवेशन प्रतिनिधिका लागि दाबी गरेका हुन् । प्रविणहाङ राई तरुण दलका कार्यावाहक जिल्ला अध्यक्ष हुन् । उमेर समूहको आधारलाई मान्ने हो भने अर्चना लुईटेल सबैभन्दा कान्छी उम्मेदवार हुन् । अन्य युवाहरु ३० देखि ४५ वर्ष उमेर समूहका छन् ।

    युवा नेताकै रुपमा परिचित कुमार लुइटेल, रुद्र अधिकारी, प्रकाश दाहाल, डेकराज भट्टराई, पुरुषोत्तम लुइटेल लगायत महाधिवेशन प्रतिनिधिको उम्मेद्वार बनेका छन् । तेजेन्द्र खनाल प्यानलबाट अपांगतर्फ महाधिवेशन प्रतिनिधिका उम्मेद्वार बनेका डेकराज भट्टराई लामो समय नेवि संघमा बिताएका नेता हुन् । नेवि संघमै दुई दशक भन्दा बढी बिताएका उनी अपांगतर्फ विजयको दाबेदार मानिन्छन् ।

    बालकृष्ण दाहाल प्यानलबाट महाधिवेशन प्रतिनिधिका उम्मेद्वारहरु
    १. लिलावल्लव दाहाल खुल्ला
    २. नन्दलाल गिरि, खुल्ला
    ३. भुवनकुमार भट्टराई, खुल्ला
    ४. कुमार लुइटेल, खुल्ला
    ५. लेखबहादुर राई, खुल्ला
    ६. बद्रीनाथ दाहाल, खुल्ला
    ७. चन्द्रबहादुर कार्की, खुल्ला
    ८. दिनेशकुमार मगर, खुल्ला
    ९. टेकराज भट्टराई, खुल्ला
    १०. भक्तराज कटवाल, खुल्ला
    ११. नविन राई, जनजाति पुरुष
    १२. प्रविणहाङ राई, जनजाति पुरुष
    १३. खिम तामाङ, जनजाति पुरुष
    १४. बद्रीबिक्रम कार्की, खस आर्य
    १५. उत्तरकुमार कटवाल, खस आर्य
    १६. हेमालक्ष्मी राई, खुल्ला महिला
    १७. झिलादेवी दाहाल, खुल्ला महिला
    १८. जानुका बराल, खुल्ला महिला
    १९. गोमा केसी, खुल्ला महिला
    २०. अर्चना लुइटेल, खस आर्य महिला
    २१. कोपिला खतिवडा, खस आर्य महिला
    २२. इन्द्रमाया मगर, जनजाति महिला
    २३. संगिता तामाङ, जनजाति महिला
    २४. महेशकुमार कोर्मोचा, अल्पसंख्यक
    २५. होमबहादुर विक, दलित
    २६. गुणराज भट्टराई, अपांग

    तेजेन्द्र खनाल समूहका महाधिवेशन प्रतिनिधिका उम्मेद्वारहरु
    १. प्रदीप सुनुवार खुल्ला
    २. रामहरि खतिवडा खुल्ला
    ३. खिलानाथ दाहाल खुल्ला
    ४. प्रकाश दाहाल खुल्ला
    ५. दानबहादुर बानिया खुल्ला
    ६. रुद्र अधिकारी खुल्ला
    ७. अशोक कार्की खुल्ला
    ८. बेदबहादुर रोका खुल्ला
    ९. भिम गौतम खुल्ला
    १०. राजन सुवेदी, खुल्ला
    ११. पुरुषोत्तम लुइटेल, खस आर्य
    १२. हरिपसाद दाहाल, खस आर्य
    १३. सर्वधन तामाङ जनजाति पुरुष
    १४. जिवन हाताचो, जनजाति पुरुष
    १५. कुमार श्रेष्ठ, जनजाति पुरुष
    १६. बाला अधिकारी, खुल्ला महिला
    १७. सविता राई, खुल्ला महिला
    १८. तारा कार्की, खुल्ला महिला
    १९. सुन्तला परियार, खुल्ला महिला
    २०. दुर्गादेवी तामाङ, जनजाति महिला
    २१. मैया राई जनजाति महिला
    २२. सुनिता अधिकारी, खस आर्य महिला
    २३. अम्बिका भट्टराई काफल,े खस आर्य महिला
    २४. मुगाधन राई, अल्पसंख्यक
    २५. युवराज गजमेर वा होमबहादुर विक, (टुँगाे लाग्न बाँकी) दलित
    २६. डेकराज भटटराई, अपांग

    प्रतिक्रिया दिनुहोस