२०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024
काँग्रेस महाधिवेशन

शुरु भयो ओखलढुंगा काँग्रेसको जिल्ला अधिवेशन (फोटो फिचर)

  • २०७८ मंसिर ४, शनिबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा- नेपाली काँग्रेस को १४ औं महाधिवेशनको रौनकले ओखलढुंगालाई पनि छपक्कै छोएको छ । जिल्लाभरिका १ हजार ४ सय ४३ क्षेत्रीय प्रतिनिधिमध्ये अधिकांश सदरमुकाम आईपुगेका छन् । ९० प्रतिशत भन्दा बढी मतदान हुने अनुमान गरिएको छ ।
    सदरमुकामको होटलले नधानेपनि रुम्जाटारका होटलहरुमा समेत प्रतिनिधि राखिएका छन् । प्रतिनिधि र पार्टीका नेता, शुभचिन्तक गरि करिब २ हजारको हाराहारी काँग्रेसका नेता कार्यकर्ताले सदरमुकाम भरिभराउ भएको छ ।
    शनिबारदेखि औपचारिक रुपमा जिल्ला अधिवेशन शुरु भएको छ । शनिबार दुईवटा प्रदेशसभाका लागि जिल्ला समन्वय समितिको हलमा मनोनयन दर्ता भएका छन् । प्रदेशसभा कार्यसमिति र प्रदेशसभा प्रतिनिधि चयनका लागि आईतबार मतदान हुँदैछ । मनोनयन स्थल आसपासमा चुनावी माहौल निकै देखिएको थियो ।
    नागरिक मिडियाले ओखलढुंगा काँग्रेसको शुरु भएको जिल्ला अधिवेशनको क्रममा जिल्ला समन्वय समिति आसपासको दृश्यलाई यसरी तस्बीरमा कैद गरेको छ । हेरौं फोटो फिचर

     

     

     

     

    प्रतिक्रिया दिनुहोस