२०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024

युथ फाउण्डेशनकाे सहयाेग

  • २०७८ मंसिर ४, शनिबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा- ओखलढुंगा युथ फाउण्डेशनले पीडितलाई सहायता उपलब्ध गराएकाे छ । ककनी मन्दिरकाे दर्शनमा गएका दर्शनार्थी चढेकाे बाेलेराे दुर्घटनामा परेर ज्यान गुमाएका परिवारलाई सहायता उपलब्ध गराएकाे हाे ।

    सिद्धिचरण नगरपालिका वडा नं १० का चार परिवारलाइ  प्रति परिवार  १० हजार बराबरकाे उपभाेग्य वस्तु  उपलब्ध गराइएकाे फाउण्डेशनका काेषाध्यक्ष विनाेद खत्रीले बताए । फाउण्डेशनले दुर्घटनाका घाइतेकाे स्वास्थ्य लाभ र मृतक परिवारमा समवेदना ब्यक्त गरेकाे छ ।

    फाउण्डेशनले विपद्मा परेका परिवाका लागि सहयाेग गर्दै आएकाे छ । सरदमुकाम ओखलढुंगामा विभिन्न पेशा व्यवसाय गर्ने युवाहरुले निर्माण गरेकाे साे संस्थाले सामाजिक सेवाका लागि सदस्यहरुबाटै रकम जुटाउने गरेकाे छ ।

    प्रतिक्रिया दिनुहोस