२०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024
कांग्रेस महाधिवेशन

क्षेत्र र जिल्लामा संस्थापनकाे वर्चश्व, महाधिवेशन प्रतिनिधीमा पाैडेल-काेइराला पक्षलाई राहत !

  • २०७८ मंसिर १०, शुक्रबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा- नेपाली कांग्रेसको १४ महाधिवशेन अन्तर्गत भएका ओखलढुंगाका दुई प्रदेश सभा निर्वाचन क्षेत्र र जिल्ला अधिवेशनमा देउवा पक्षले वर्चश्व कायम गरेको छ । क्षेत्रीय अधिवेशनका दुवै समितिमा देउवा पक्षका उम्मेदवाहरुले क्लीन स्वीप गरेका थिए । क्षेत्र १ ख मा भने पौडेल समुहका दुई जना प्रदेश प्रतिनिधी निर्वाचित भएका छन् ।

    दुई प्रदेश सभा अन्तर्गतका दुई क्षेत्रीय समितिमा देउवा पक्षका उम्मेदवारहरु क्रमश सन्तोष थापा र आश्रचन राईको प्यानल विजयी भएको थियो । जिल्ला अधिवेशनमा पनि देउवा पक्ष नै हावी देखिएको छ ।

    जिल्ला सभापतिसहित सबै पदहरुमा देउवा पक्ष र पौडेल कोइराला पक्षले प्यानलै उम्मेदवारी दिएका थिए । देउवा पक्षबाट तेजन खनाल र पौडेल कोइराला पक्षबाट बालकृष्ण दाहाल चुनावी मैदानमा थिए । निवर्तमान जिल्ला सभापति प्रदिप सुनुवारले खनाललाई साथ दिएका थिए । दाहाल पक्षमा कुमार लुइटेल गोमा केशीको साथ थियो ।

    तीव्र प्रतिस्पर्धाले आम निर्वाचनको झल्को दिने गरी दुवै पक्ष चुनावी मैदानमा होमिएका थिए । सभापतिमा देउवा पक्षका खनालले ७०१ मत ल्याएर बिजयी भए । उनका प्रतिद्वन्द्वी बालकृष्ण दाहालले ६८८ मत पाए । एक उपसभापति र एक सहसचिव भने दाहाल प्यानलबाट पौडेल कोइराला पक्षका निर्वाचित भए ।

    उप-सभापतिमा कमल तामाङ र सह सचिवमा उज्जन बुढाथोकी पौडेल कोइरुाला पक्षीय दाहाल प्यानलबाट निर्वाचित भए ।

    अन्य पदािधकारीहरु सबै देउवा पक्षका आएका छन् । उप सभापति नबराज केशी, सचिव राजकुमार ढुंगाना र अजय लुइटेल र सहसचिव भोजकुमार श्रेष्ठ देउवा पक्षीय खनाल प्यानलबाट निर्वाचित भएका छन् ।

    महाधिवेशन प्रतिनिधीमा पौडेल कोइराला पक्षलाई राहत

    प्रदेश तथा जिल्ला कार्य समितिमा नमज्जाले पराजय व्यहोरेको पौडेल कोइराला पक्षलाई महाधिवेशन प्रतिनिधमा भने राहत मिलेको छ । करिब ३५ प्रतिशत महाधिवेशन प्रतिनिधी भने निर्वाचित भएका छन् ।

    २५ मध्ये ८ जना दाहाल प्यानलका निर्वाचित भए । दाहाल प्यानलबाट पौडेल कोइराला पक्षका गोमा केशी, कुमार लुइटेल, लिलाबल्दभ दाहाल, हेमालक्षी राई अर्चना लुइटेल लगायत छन् ।

    प्रतिक्रिया दिनुहोस