२०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024

यी हुन् माओवादी केन्द्रकी देशभरिकै कान्छि उपाध्यक्ष !

  • २०७८ मंसिर १४, मंगलबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा- राजनीतिमा युवा पुस्ताकाे जति नकारात्मक साेच र बुझाइ विकास हुँदै गइरहेकाे छ, त्यति नै युवाहरु राजनीतिक नेतृत्वमा पनि स्थापित हुदै गएका छन् । हालै ओखलढुंगा कांग्रेसकाे जिल्ला अधिवेशनमा २२ वर्षीया युवति प्रदेश प्रतिनिधि निर्वाचित भएकाे खबर सेलाउन नपाउँदै अर्की २० वर्षीया युवति माओवादी केन्द्रकाे पालिका कमिटी उपाध्यक्ष बनेर चर्चामा छिन् ।

    उनी हुन् ओखलढुंगाकाे चम्पादेवीकी अनुशा लुइटेल । अखिल क्रान्तिकारीकाे जिल्ला नेतृत्वमा रहेकी उनी हाल पार्टीकाे गाउँपालिका अधिवेशनबाट चम्पादेवी गाउँपालिका कमिटी उपाध्यक्ष सर्वसम्मत चयन भएकी हुन् । स्नातक तहमा अध्ययरत उनी विद्यार्थी राजनीतिमा थिइन् । अखिल क्रान्तिकारीकाे जिल्ला उपाध्यक्ष बनेकाे केही समयमै उनकाे पार्टीमा इन्ट्री भएपछि चर्चा शुरु भएकाे छ ।

    माओवादीमा  पार्टीकाे कार्यकारी पदमा पुग्ने देशभरीकै सबैभन्दा कान्छी  नेतृ हुन् । यस अघि कांग्रेस अधिवेशनमा २२ वर्षीया बिन्दा बाेगटी प्रदेश प्रतिनिधि निर्वाचित भएकी थिइन् ।

    प्रतिक्रिया दिनुहोस