२०८१ बैशाख ६, बिहिबार | Thu, 18, Apr, 2024

ट्राफिक सप्ताह शुरु

  • २०७८ पौष ४, आईतबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा– आईतबारदेखि ट्राफिक सम्बन्धि सचेतना जगाउने उद्देश्यले ट्राफिक सप्ताह शुरु भएको छ । सडक अनुशासन तथा सवारी दुर्घटना न्यूनीकरणका लागि सप्ताह शुरु भएको हो । सप्ताहको पहिलो दिन जिल्ला प्रहरी कार्यालयले आईतबार सदरमुकाममा प्रभातफेरी कार्यक्रम आयोजना गरेको छ ।

    प्रहरी कार्यालय देखि शुरु भएको प्रभातफेरी गणेशथान हुँदै नगरपालिकाको हलमा पुगेर सभामा परिणत भएको हो । कार्यक्रममा जिल्ला प्रहरीका डिएसपी गोविन्दराज काफ्लेले ट्राफिक सम्बन्धि सचेतना जानकारी दिने भिडियो लगायतको सामाग्री प्रस्तुत गरे ।

    प्रहरी कार्यालयका अनुसार पछिल्लो तीन आर्थिक वर्षमा सडक दुर्घटनाको कारण जिल्लामा १८ जनाको मृत्यु भएको छ । ३९ जना घाईते भएका छन् । त्यसमध्ये कतिपय दुर्घटना ट्राफिक नियम उल्लंघन गरेको कारण भएर ज्यान गुमाएको तथ्यांक प्रस्तुत गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस