२०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024

एकिकृत समाजवादीकाे अभियान: वडा केन्द्रित कमिटी, ठूलाछापमा यस्ताे बन्याे

  • २०७८ पौष १२, सोमबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा- नेकपा (एकिकृत समाजवादी) जिल्ला कमिटीले पालिका तथा वडा तहका कमिटी निर्माणकाे कामलाई तीब्रता दिएकाे छ । पुसभरी जिल्लाका ७५मध्ये ४० वडामा वडा कमिटी  निर्माण गरिसक्ने याेजना रहेकाे साे पार्टीले जनाएकाे छ ।

    हालसम्म दर्जन वडामा वडा कमिटी गठन भइसकेका छन् । पालिकामा पालिका संयाेजक ताेकिएका छन् भने वडा कमिटी निर्माणपछि पालिका अधिवेशनकाे तयारी थालिने जिल्ला अध्यक्ष हंशराज वाग्लेले जनाए । अभियानकै रुपमा कमिटि गठन तथा पार्टी प्रवेश कार्यक्रम चलाइने उनकाे भनाइ छ ।

    सिद्धिचरण नगरपालिकामा वडा नं ५, ६ र ९ मा यस अघि कमिटी गठन भइसकेकाे छ भने वडा नं २ मा आइतबार कमिटी निर्माण गरिएकाे छ । नरसिंह बहादुर कार्किको अध्यक्षतामा १५ सदस्यीय वडा कमिटि गठन भएको केन्द्रिय सदस्य तथा जिल्ला इञ्चार्ज नेत्र भट्राईले जानकारी दिए । युवा तथा विद्यार्थीका कमिटी पनि पार्टी कमिटी गठनसँगै भइरहेकाे प्रचार विभागका प्रमुख तथा अनेरास्ववियूका उपमहासचिव दिपक फुयल बताउँछन् ।

     

    प्रतिक्रिया दिनुहोस