२०८१ बैशाख ४, मंगलबार | Tue, 16, Apr, 2024

एमाले अधिवेशनकाे उद्घाटन पुस २३ मा, कसरी हाेला नेतृत्व चयन ?

  • २०७८ पौष २२, बिहिबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेकाे जिल्ला अधिवेशन भाेलिबाट शुरु हुँदैछ । देशभर एकै दिन अधिवेशन गर्ने तयारी गरेकाे एमालले कतिपय जिल्लाकाे भने स्थानीय आवश्यकताका आधारमा मिति तय भएकाे छ ।

    ओखलढुंगाकाे जिल्ला अधिवेशन भने भाेल अर्थात् पुस २३ गते तय गरिएकाे उद्घाटन शत्रपछि नयाँ नेतृत्व चयन गर्न बन्द शत्र हुने नेताहरुले बताएका छन् । एमालेकाे  िवधानकाे धारा ३६ मा जिल्लाका पदाधिकारी तथा जिल्ला सदस्य चयन सम्बन्धि व्यवस्था छ ।

    केन्द्रिय कार्यालयल छुट्टै मापदण्ड समेत बनाएले सबै जिल्लालाई पठाएकाे छ । साे मापदण्डमा सदस्य तथा पदाधिकारी हुन याेग्यता निर्धारण गरिएकाे छ । नेपाली कांग्रेसकाे जिल्ला अधिवेशन समेत सकिएकाे र माओवादी केन्द्रकाे जिल्ला समिति कार्यकारी नभएकाले पालिका अधिवेशन सकिएपछि धेरैले एमालेकाे अधिवेशन र नेतृत्व चयनकाे प्रकृयालाई नजिकबाट हेरिरहेका छन् ।

    नेताहरुका अनुसार एमालेकाे जिल्ला कमिटी अधिकतम ७५ सदस्यीय हुने छ । यसमा पालिका क्लस्टर महिला तथा दलित बाट प्रतिनिधित्व हुने बताइएकाे छ । अध्यक्षमा मुख्यत तीन जनाकाे दावी छ ।

    संविधान सभा सदस्य हर्कबाेल राई, बर्तमान जिल्ला सचिव शंकर कट्वाल र सीताराम गुरुङले अध्यक्षमा दावी गरेका छन् । तीन नेताकाे  दावी रहेकाे माथिल्ला तहका नेताहरु समेत आफ्नाे अनुकुल नेतृत्व चयनका लागि गुट निर्माणमा लागेकाले सहमतिकाे संभावना न्यून रहेकाे बताइन्छ । यद्यपी एमाले माथिल्लाे नेता आउने र उसैकाे निर्देशनमा नेतृत्व चयन गर्ने विगतकाे परम्परा रहेकाले याे पटक पनि त्यसाे नहाेल भन्न नसकिने कार्यकर्ताहरुकाे भनाइ छ ।

    जिल्ला नेतृत्व निर्माणका लागि नेताहरुकाे कित्ता छुट्टिएकाे छ । माओवादीबाट आएका बालकृष्ण ढुंगेलसहितका केही नेता, प्रदेश सांसद अम्वीर गुरुङ, नानीबाबु बुढाथाेकी लगायतकाे एक समुह देखिएकाे छ । जिल्ला अध्यक्ष माेहन श्रेष्ठ उत्तम राई लगायतका केही व्यक्ति तटस्थ जस्ताे देखिएका छन् भने संघिय सांसद यज्ञराज सुनुवार, जिल्ला ईञ्चार्ज  किशाेर अधिकारी, हर्कबाेल राई र सीताराम गुरुङ लगायत एक ठाउँमा आउने एक जिल्ला सदस्यले बताए ।

    याे अधिवेशनले एमालेमा आदर्श, विचार र वाहुवलकाे राजनीतिक कित्ताकाट भने प्रष्टसँग गर्ने देखिनेछ ।

    यस्ताे छ ब्यवस्था 

    धारा-३६ जिल्ला कमिटी

    १. जिल्ला कमिटी दुई अधिवेशन बीचको अवधिमा आफ्नो
    कार्यक्षेत्रभित्र पार्टीको मुख्य कार्यकारी संस्था हुनेछ । जिल्ला
    कमिटी जिल्ला अधिवेशन, जिल्ला अधिवेशन प्रतिनिधि परिषद्,
    प्रदेश कमिटी र केन्द्रीय कमिटीप्रति उत्तरदायी हुनेछ ।
    २. जिल्ला अधिवेशनले अध्यक्ष- १, उपाध्यक्ष- १, सचिव- १,
    उपसचिव- २ र उपधारा ३ मा उल्लिखित अधिकतम् संख्यामा
    नबढ्ने गरी सदस्यहरू रहेको जिल्ला कमिटी निर्वाचन गर्नेछ ।
    जिल्ला मातहतका पालिाका/इलाका कमिटीका अध्यक्षहरू
    जिल्ला कमिटीका पदेन सदस्य हुनेछन्।
    ३. जिल्ला कमिटीको आधार संख्या ५० हुनेछ । यो संख्यामा
    जिल्ला अन्तर्गतका प्रतिनिधिसभाको प्रत्येक निर्वाचन क्षेत्र
    बराबर १५ का दरले कायम हुने संख्या थप गर्न सकिनेछ ।
    तर जिल्ला कमिटीको अधिकतम् संख्या १५१ र विशेष जिल्ला
    कमिटीको अधिकतम् सदस्य संख्या ६५ भन्दा बढी हुनेछैन ।
    ४. जिल्ला कमिटीमा कम्तीमा एक तिहाइ महिलासहित जिल्लाको
    विविधता प्रतिविम्बित हुने गरी समावेशीकरण गरिनेछ ।

    प्रतिक्रिया दिनुहोस