२०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024

ज्योति लाइफद्वारा घातक रोग सम्बन्धी विमा रकम हस्तान्तरण

  • २०७८ चैत्र १६, बुधबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा- ज्योति लाईफ ईन्स्योरेन्स कम्पनीले घातक रोग सम्बन्धी विमा वापतको रकम विरामीलाई हस्तान्तरण गरेको छ । मंगलबार घातक रोगका विरामी मोलुङ गाउँपालिका वडा नं १ कुन्तादेवीका क्यान्सर पीडित चन्द्रमणी घिमिरेको परिवारलाई विमा वापतको रकम रु ४ लाख ७५ हजार ४७ रुपैयाको चेक हस्तान्तरण गरेको हो ।

    विमाको रकमको चेकलाई मोलुङ गाउँपालिकाका उपाध्यक्ष हेम कुमारी तामाङ र ज्योती लाईफ ईन्स्योरेन्स कम्पनी ओखलढुङ्गाका प्रमुख पर्वत कार्कीले संयुक्त रुपमा घिमिरेकी आमा गायत्रा धमला घिमिरेलाई हस्तान्तरण गरेका हुन् ।

    विमा वापतको रकमको चेक हस्तान्तरण गर्दै गाउँपालिकाका उपाध्यक्ष हेम कुमारी तामाङले मन्छेको जिवन अमूल्य भएकोले अप्ठरयारो परेको बेला सहयोगी समेत हुने भएकोले जीवन विमा गर्नुपर्ने बताइन् ।

    ज्योती लाईफ ईन्स्योरेन्स कम्पनीले आफ्नो कम्पनीमा विमा गर्ने विमितलाई ३५ प्रकारको घातक रोगको समेत विमा गराउदै आएको छ ।  नेपालमा सवैभन्दा धेरै घातक रोगको उपचार गर्ने र नेपालमा विमा द्वारा घातक रोगको उपचार गराउन सुरुवाती गर्ने पहिलो कम्पनी भएकोले ज्योती लाइफमै विमा गर्न प्रमुख कार्कीले आग्रह गरे ।

    प्रतिक्रिया दिनुहोस