२०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024

सिटिजन लाइफकाे विमा सचेतना कार्यक्रम

  • २०७८ चैत्र १६, बुधबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा- सिटिजन लाइफ इन्स्याेरेन्सले क्याम्पसका विद्यार्थीहरुसँग विमा साक्षरता कार्यक्रम सञ्चालन गरेकाे छ । ओखलढुंगा शाखा कार्यलयले ओखलढुंगा क्याम्पस ओखलढुंगामा क्याम्पसका विद्यार्थीहरुसँग विमा साक्षरता तथा कम्पनीका स्कीमहरुबारे साक्षरता कार्यक्रम सम्पन्न गरेकाे हाे ।

    बुधबार क्याम्पसमा स्नातक तहमा अध्ययनरत विद्यार्थीहरुका बीच कार्यक्रम सञ्चालन गरेकाे सिटिजन लाइफका जिल्ला शाखा प्रमुख निशान श्रेष्ठले जानकारी दिए । कम्पनीकाे प्राेमाेसन तथा विमाका बारेमा सचेतना जगाउन यस्ता कार्यक्रम समुदायस्तर गरिने बताइएकाे छ ।

    कार्यक्रममा विद्यार्थी तथा शिक्षककाे सहभागिता रहेकाे थियाे । साक्षरता कार्यक्रमकाे सहजीकरण शाखा प्रमुख श्रेष्ठले गरेका थिए ।

     

     

    प्रतिक्रिया दिनुहोस