२०८१ बैशाख १२, बुधबार | Wed, 24, Apr, 2024

लिखुमा एमाले-माओवादी कार्यकर्ताकाे समेत समर्थन पाउँदै नेकपा एसका भट्टराई

  • २०७९ बैशाख २७, मंगलबार मा प्रकाशित १ साल अघि
  • ओखलढुंगा- जिल्लाकाे कम्युनिष्ट आन्दाेलनका अगुवामध्येका एक नेत्रप्रसाद भट्टराई यस पटक स्थानीय तह निर्वाचनकाे चुनावी मैदानमा छन् । उनी लिखु गाउँपालिका अध्यक्षकाे उम्मेदवार हुन् ।

    जिल्लामा एमाले संस्थापक मध्येका एक भट्टराई केपी ओलिकाे २/२ पटककाे संसद विघटन विरुद्धकाे माेर्चामा लागेर हाल नेकपा एकिकृत समाजवादीका जिल्ला ईञ्चार्ज  छन् ।

    उनी पालिका प्रमुखमा  कलम चिह्न लिएर उम्मेदवार बन्दै गर्दा धेरैले चुनाव नलड्न सुझाव दिए पनि उनी राजनीतिमा विधि र पद्धतिकाे रक्षाका लागि भन्दै चुनावमा उत्रिएका हुन् । हाल उनकाे पक्षमा चुनाव जित्ने गरि माहाेल निर्माण भएकाे नेकपा एसका युवा नेता अमृत सागरले बताए ।

    सबै वडामा उम्मेदवारसहित घरदैलाे गरेका उनीहरुले विपक्षी पार्टीका मतदाता र कार्यकर्ताबाट समर्थन गर्ने प्रतिबद्धता पाएका छन् । खसगरि नेकपा एमालेमा टिकट वितरणमा देखिएकाे विवाद र एमालेका उम्मेदवार नै फरार सूचीमा रहेका र प्रहरीले दाेहाराे नागरिकता मुद्दामा समात्ने तयारी गरेपछि एमालेका इमान्दार कार्यकर्ता र मतदाता भट्टराईकाे पक्षमा खुलेका हुन् ।

    वडा तहमा एमालेका उम्मेदवार सघाउने र पालिकामा लिखुकाे कम्युनिष्ट आन्दाेलनका अगुवा तथा निष्कलंक व्यक्ति भएकाले भट्टराईकाे पक्षमा एमाले र माओवादी भित्रका नेता कार्यकर्ता कति खुलेर कति नखुली सहयाेग र समर्थ जुटाउने अभियानमा लागेका छन् ।

    विपक्षी दलका कार्यकर्ता र मतदाताले समेत नेकपा एकिकृत समाजवादीका कलम चिह्नका उम्मदेवारका पक्षमा देखिएपछि लिखुमा चुनावी माहाैल फरक अवस्थामा पुगेकाे नेता अमृत सागरकाे भनाइ छ ।

    खुलेरै समर्थन गरेका एमाले र माओवादी कार्यकर्ता र उनीहरुकाे पहलमा मतदाता समेत भट्टराईकाे पक्षमा देखिएपछि एमाले र माओवादीका उम्मेदवारलाई चुनाैति थपिएकाे छ ।

    चुनावी प्रचारमा रहेका भट्टराईले नागरिक मिडियालाई भने,  ‘३० वर्षदेखि कम्युनिष्ट आन्दाेलनकाे रक्षा र विकासमा गरेकाे याेगदानलाई हेरेर अन्य दलका कार्यकर्ता र कम्युनिष्ट पार्टीका मतदाताले समर्थन र सहयाेगकाे प्रतिबद्धता दैनिक पाइरहेकाे छु ।’ यही जगमा निर्वाचनमा सफलता पाउने उनकाे भनाइ छ  ।

    एमाले र माओवादीका स्थानीय नेता कार्यकर्ताहरुले पनि लिखुकाे कम्युनिष्ट आन्दाेलन जाेगाउन साेच्ने बेला आएकाे बताएका छन् । फरार अभियुक्त उम्मेदवार बनाइएपछि पालिका प्रमुखमा निष्कलंक व्यक्ति नेत्र भट्टराईलाइ विकल्पका रुपमा सहयाेग गर्नु पर्ने अवस्था आएकाे लिखका एक एमाले नेताले नाम उल्लेख नगरिदिन अनुराेध गर्दै प्रतिक्रिया दिएका छन् ।

    प्रतिक्रिया दिनुहोस