२०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024
के छ वार्गेनिङकाे अडियाेमा ?

मतदातासँग पैसा बार्गेनिङकाे विवादास्पद अडियाेबारे ताम्राकार भन्छन्, ‘एमालेका केटाले दैनिक पछ्याएर पैसा मागे’

  • २०७९ बैशाख २७, मंगलबार मा प्रकाशित १ साल अघि
  • ओखलढुंगा- नेपाली कांग्रेसबाट सिद्धिचरण नगरपालिका ११ का वडा अध्यक्ष पदका उम्मेदवार विनाेद ताम्राकार र केही युवाहरुबीच भाेटबारे पैसाकाे माेलमाेलाइ गरेकाे अडियाे सार्वजनिक  भएकाे छ ।  भिडियाेका रुपमा माेलमाेलाइमा सहभागी मध्येकै एक व्यक्तिले खिचेकाे तर इमेज नदेखिने, सुन्न मात्र सकियाे याे अडियाे सामाजिक सञ्जालमा भइरल छ ।

    साे अडियाेमा अध्यक्षका उम्मेदवार ताम्राकारले कसरी भाेट लाउने र कति पैसा दिने भन्ने बारे बाेलेकाे प्रष्ट सुनिन्छ । बार्गेनिङ गर्नेहरुले पैसा र गाेपनियताकाे सुनिश्चितता  खाेजेकाे बाेलिबाट बुझिन्छ । भाेट नआए पैसा नआउने ताम्राकारले बताएका छन् ।

    पैसा बार्गेनिङमा कुरा नमिलेपछि अडियाे सार्वजनिक भएकाे अनुमान छ । अडियाेबारे ताम्राकारले ‘एमालेका केटाहरुले दैनिक हामीसँग यति भाेट छ, कति दिने भनेर बार्गेनिङ गर्ने गरेकाे र आज मात्रै २ पटक फाेन गरेकाे, आफूले पार्टी प्रवेश गर,  तेलसेल हाल्न खाजा खर्च दिन्छु भनेकाे थिएँ’ भनेर नागरिक मीडियालाई बताएका छन् । ‘दैनिक पैसा मागे,  केहीकाे नाम उल्लेख गर्दै उनले भने,  पैसा नपाएपछि जाेडेर ‘केटाहरु’ले अडियाे सार्वजनिक गरे ।’

    ५० पटक फाेन गरेर पैसा मागेकाे र म‌ंगलबार मात्रै पैसा माग्न २ पटक फाेन गरेकाे रेकर्ड भएकाे उनकाे दावी छ ।

     

    सुनाै‌ याे अडियाे

    प्रतिक्रिया दिनुहोस