२०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024

विज्ञप्ति जारी गर्दै ताम्राकारले भने- ‘काँग्रेस अधिवेशनकाे अडियाे याे चुनावमा जाेडेर कु-प्रचार गरियाे’

  • २०७९ बैशाख २८, बुधबार मा प्रकाशित १ साल अघि
  • ओखलढुंगा: सिद्धिचरण नगरपालिका वडा नं ११ का वडा अध्यक्षका उम्मेदवार विनाेद ताम्राकारले मतदातासँग माेलमाेलाइ गरेकाे भनिएकाे भीडियाे नेपाली कांग्रेसका जिल्ला अधिवेशनमा क्षेत्रीय प्रतिनिधीका विषयमा भएकाे र हाल आफुलाई बद्नाम गराउन सार्वजनिक गरिएकाे बताएका छन् ।

    हिजाे उक्त अडियाे सहित सार्वजनिक समाचार भ्रामक र बदनियतले प्रकाशन गरिएकाे भन्दै भ्रममा नपर्न विज्ञप्ति मार्फत अपिल गरेका छन् । उनले विज्ञप्तिमा केही सञ्चार माध्यमकाे नामै लिएर चुनावकाे विज्ञापन वार्गेनिङ् गर्न आएकाे र विज्ञापन नदिएपछि आफ्नाे पार्टीकाे जिल्ला अधिवेशन ताकाकाे अडियाे जाेडर बद्नाम गराएकाे उल्लेख गरेका छन् ।

    ताम्राकारले त्यस बेला नेकपा एमालेमा आबद्ध युवाहरुले पैसाकाे वार्गेनिङ गरिरहेकाे र उनीहरुलाई ख्याल ठट्टामा दिएकाे जवाफ रेकर्ड गरेर स्थानीय चुनावसँग जाेडेर प्रचार गरिएकाे दावी गरेका छन् ।

    यस अघि उनले अडियाे सर्वाजनिक भए लगत्तै नागरिक मिडियासँग एमालेमा आबद्ध युवाहरुकाे नामै लिएर भाेट दिने तर पैसा चाहियाे भन्दै वार्गेनिङ् गरिरहेकाे बताएका थिए ।

    प्रतिक्रिया दिनुहोस