२०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024

सिद्धिचरण नगरपालिका १२ को वडाध्यक्षमा उमंग श्रेष्ठ विजयी

  • २०७९ बैशाख ३१, शनिबार मा प्रकाशित १ साल अघि
  • ओखलढुंगा– सिद्धिचरण नगरपालिका १२ को वडाअध्यक्षमा नेपाली काँग्रेसका उम्मेद्वार उमंग श्रेष्ठ विजयी भएका छन् । उनले ३ सय ७८ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्दी विनोद श्रेष्ठले ३ सय ४८ ल्याए । मतान्तर ३० रह्यो ।

    २०७४ को निर्वाचनमा पनि श्रेष्ठद्वयले वडाअध्यक्षमा प्रतिस्पर्धा गरेका थिए । त्यतिखेर विनोद श्रेष्ठ निर्वाचित भएका थिए । यसपटक उमंग विजयी भएका हुन् । १२ नं. वडा सिद्धिचरण नगरपालिकाको सबैभन्दा कम मतदाता संख्या भएको वडा हो ।

    प्रतिक्रिया दिनुहोस