२०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024

कांग्रेसकाे गढमा एमालेका जितेन्द्रकाे सानदार जित !

  • २०७९ जेष्ठ १, आईतबार मा प्रकाशित १ साल अघि
  • ओखलढुंगा- मानेभञ्ज्याङ गाउँपालिका ३ मा इतिहासमै पहिलाे पकट एमालेले बाजी मारेकाे छ । स्थानीय चुनाव २०७९ मा एमालेका युवा जितेन्द्र राईले इतिहास रचेका छन् । यस अघिका सबै स्थानीय चुनावमा कांग्रेस हावी हुँदै आएकाे थियाे ।

    यस पटक जितेन्द्रले भारी मतान्तरले बाजी मारे । उनले ५२० मत प्राप्त गरे । उनका निकटतम् प्रतिद्वन्द्वि मेडल राई (स्वतन्त्र) ले ३६५ मत ल्याएका छन् । यस पटककाे निर्वाचनमा गढ भत्किने र बन्ने क्रम देखिएकाे छ । एमालेका गढ धेरै भत्किएकाे बेला मानेभञ्याङमा उनले कांग्रेस गढ भत्काएर चर्चामा आएका छन् ।

    प्रतिक्रिया दिनुहोस