२०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024

ओखलढुंगा अपडेट: ४५ वडाकाे मत परिणाम आउँदा काे कहाँ विजयी भए ?

  • २०७९ जेष्ठ २, सोमबार मा प्रकाशित १ साल अघि
  • ओखलढुंगा- ओखलढुंगाका ७५ मध्ये ४५ वडाको मत गणना सकिएको छ । आठ स्थानीय तह रहेको ओखलढुंगाका परिणाम आएका ४५ वडामा अधिकांश कांग्रेस उम्मेदवार विजयी भएका छन् ।

    २९ वडामा नेपाली काँग्रेस, ११ वडामा एमाले, ४ वडामा माओवादी केन्द्र र १ वडामा जसपाले जित हात पारेका छन् । सिद्धिचरण नगरपालिकाका १२ वडामध्ये ६ वटाको मत परिणाम आएको छ ।

    परिणाम आएका ६ मध्ये १ माओवादी केन्द्र र ५ मा नेपाली काँग्रेसले जितेको छ । प्रमुख उप प्रमुख पदमा पनि काँग्रेस माओवादी गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् ।

    चिशंखुगढी गाउँपालिकाका ८ वडामध्ये ६ मा परिणाम आउँदा २ माओवादी, २ काँग्रेस र १ एमालेले जितेका छन् । माओवादी–कांग्रेस गठबन्धन रहेको यो पालिकामा पनि गठबन्धनका अध्यक्ष र उपाध्यक्षको अग्रता छ ।

    मोलुङ गाउँपालिकाका ८ वडामध्ये ५ वटाको परिणाम आएको छ । यहाँ ३ एमाले र २ काँग्रेसले जितेको छ । यहाँ एमालेका अध्यक्ष र उपाध्यक्षले अग्रता लिएका छन् ।

    लिखुका ४ वडाको मत परिणाम आउँदा २ एमाले र २ काँग्रेसले जितेका छन् । पालिका अध्यक्ष र उपाध्यक्षमा एमालेका उम्मेदवारले फराकिलो अग्रता कायम गरेका छन् ।

    खिजीदेम्वा गाउँपालिकामा ९ वडामध्ये ७ वडाको परिणाम आएको छ । १ वडामा जसपाले जित हात पारेको छ भने ६ वडा काँग्रेसले जितेको छ । पालिका अध्यक्ष र उपाध्यक्षमा काँग्रेस उम्मेदवारको अग्रता कायम छ ।

    सुनकोसीका १० वडामध्ये मत गणना सुस्त हुँदा ३ वटाको मात्रै परिणाम आएको छ । २ वडा काँग्रेसले जितेको छ भने एमालेले १ वडामा जित हात पारेको छ । पालिका अध्यक्ष र उपाध्यक्षमा पनि काँग्रेसकै फराकिलो अन्तरले अग्रता कायम गरेको छ ।

    त्यस्तै, चम्पादेवीका १० वडामध्ये ७ वटामा परिणाम आउँदा २ एमाले र ५ काँग्रेसले जितेका छन् । पालिका अध्यक्ष र उपाध्यक्ष पनि काँग्रेसकै अग्रता छ ।

    मानेभञ्ज्यांगमा स्वतन्त्र र काँग्रेस तथा एमाले र जसपाबीच गठबन्धन चुनावी मैदानमा छन् । माओवादी केन्द्र पनि एकल मैदानमा छ । मानेभञ्ज्याङका ९ मध्ये ७ वडाको मत परिणाम आउँदा ५ वडामा काँग्रेस र २ मा एमाले विजयी भएको छ ।  मानेभञ्ज्यांगमा स्वतन्त्र र काँग्रेस गठबन्धनका उम्मेदवार जित नजिक पुगेका छन् ।

    प्रतिक्रिया दिनुहोस