२०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024

पालिका अपडेट: जस्काे मत गणना नसकिदै जित सुनिश्चित भयाे !

  • २०७९ जेष्ठ २, सोमबार मा प्रकाशित १ साल अघि
  • ओखलढुंगा- चिशंखुगढी गाउँ पालिका अध्यक्ष र उपाध्यक्षमा माओवादी कांग्रेस गठबन्धनकाे जित निश्चित देखिएकाे छ । एमालेका उम्मदेवार भन्दा गठबन्धनका उम्मेदवार २०० मत गन्न बाँकी हुँदा ५०० बढि मतान्तरले अगाडी छन् ।

    गठबन्धनका अध्यक्ष पदमा माओवादीका निशान्त शर्माले २८१९ मत पाएका छन् । एमालेका अशाेक थापाले २३५० मत पाए ।

    गठबन्धनका उपाध्यक्षमा काँग्रेसका सन्ताेषा थापाले २७५४ मत ल्याउँदा एमालेका सुस्मिका राईले १८०४ मत पाएकी छन् । वडा नं ४  काे  २००  मत गन्न बाँकी रहेकाले उनीहरुकाे जित सुनिश्चित देखिएकाे छ ।

    त्यस्तै मानेभञ्याङ गाउँपालिकामा स्वतन्त्र उम्मेदवार ज्ञानेन्द्र रुम्दालीलाई कांग्रेसकाे समर्थन थियाे । उपाध्यक्षमा आश्रचन राई चुनावी मैदानमा थिए । दुवै उम्मेदवारले एमाले जसपाका उम्मेदवारलाई १ हजार बढी मतान्तरले अग्रता लिएका छन् । ९ मध्ये ७ वडाकाे मत गणाना सकिएकाे छ । यहाँ पनि ज्ञानेन्द्र रुम्दाली र आश्रचन राईकाे जित निश्चित देखिएकाे छ ।

     

    प्रतिक्रिया दिनुहोस