२०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024

चिशंखुगढीमा बाम लोकतान्त्रिक गठबन्धनका शर्मा र थापा विजयी

  • २०७९ जेष्ठ २, सोमबार मा प्रकाशित १ साल अघि
  • ओखलढुंगा-  चिशंखुगढी गाउँपालिकामा बाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट माओवादी नेता निशान्त शर्मा अध्यक्षमा निर्वाचित भएका छन् ।

    गाउँपालिकाको अध्यक्षमा गठबन्धन तर्फका उम्मेदवार माओवादी केन्द्रका निशान्त शर्मा विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार अशोक थापाभन्दा ५ सय ७ मत बढी पाएर अध्यक्षमा पुनः विजयी भएका हुन् ।

    शर्माले ३ हजार १ सय ९८ मत प्राप्त गर्दा थापाले २ हजार ६ सय ९१ मत पाए । शर्मा यस अघि माओवादी बाट निर्वाचित भएका थिए ।
    गठबन्धनकै तर्फबाट नेपाली काँग्रेसका उपाध्यक्षका उम्मेदवार सन्तोषबाबु थापा उपाध्यक्षमा विजयी भएका छन् । नेकपा एमालेको तर्फबाट उपाध्यक्षकी उम्मेदवार सुस्मिका राईलाई १ हजार ६६ मतले पछि पार्दै थापा निर्वाचित भएका हुन् ।

    थापाले तीन हजार एक सय १६ र राईले २ हजार ५० मत प्राप्त गरेका छन् । यो गाउँपालिकामा नेपाली काँग्रेस र माओवादी केन्द्रविच गठबन्धन भएको थियो । नेकपा एकिकृत समाजवादी र जनता समाजवादी यो पालिकामा एक्लाएक्लै चुनाव लडेका थिए ।

    यहाँका ८ वडामध्ये ४ वडामा माओवादी केन्द्रले जितेको छ । वडा नं.१ उषक कटुवाल, २ मा नरेन्द्र बस्नेत, ५ मा अनिल भट्टराई र वडा नं.४ हिमाल राईले जित हात पारे ।

    यसै गरी वडा नं. ६ र ७ मा नेपाली काँग्रेसका उम्मेदवार क्रमशः बलराम कटुवाल र मुघाधन राई विजयी भए । वडा नं. ८ मा नेकपा एमालेका उम्मेदवार शुसिलजङ कार्की निर्वाचित भए ।

    यस अघि एमालेले जितेका २ वडामा कांग्रेसले जितेको छ । वडा नं.३ मा वडा अध्यक्षका उम्मेदवारहरुको मत बराबरी भएपछि पुनः मत गणना शुरु भएको छ ।

    प्रतिक्रिया दिनुहोस