२०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024

सिद्धिचरण नगरपालिकामा प्रमुख कांग्रेस, उप प्रमुखमा एमाले विजयी

  • २०७९ जेष्ठ ३, मंगलबार मा प्रकाशित १ साल अघि
  • ओखलढुंगा-  सिद्धिचरण नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका तेजन खनाल निर्वाचित हुनुभएको छ । उहाँले नेकपा एमाले इच्छाकुमारी गुरुङलाई १ हजार १ सय २१ मतले पछि पार्दै मेयरमा जित निकाल्नु भएको छ ।

    खनालले ६ हजार ७ सय ९१ मत पाए । निकटम् प्रतिस्पर्धी गुरुङले ५ हजार ६ सय ५० मत ल्याए । उप प्रमुखमा भने नेकपा एमाले केदारबाबु बस्नेत विजयी भए ।

    उनले माओवादी केन्द्रका रुपेश शाक्यलाई ५ सय १६ मतले पछि पार्दै जित हात पारे । वस्नेतले ५ हजार ६ सय ९८ मत पाउँदा निकटतम् प्रतिद्वन्द्वी शाक्यले ५ हजार १ सय ५२ मत पाए ।

    यहाँ कांग्रेस–माओवादी गठबन्धन वडा तहसम्मै थियो । १२ वडामध्ये कांग्रेसले ९ वडा जितेको छ भने एमालेले २ र माओवादी केन्द्रले १ वडा जितेको छ । २०७४ सालमा प्रमुख उपप्रमुखसहित ७ वटा वडा जितेको थियो ।

    प्रतिक्रिया दिनुहोस