२०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024

चिशंखुगढी ३ मा माओवादी केन्द्रका भिष्म श्रेष्ठ निर्वाचित

  • २०७९ जेष्ठ ३, मंगलबार मा प्रकाशित १ साल अघि
  • ओखलढुंगा- चिशंखुगढी गाउँपालिका ३ दियालेमा माओवादी केन्द्रका भिष्म श्रेष्ठ निर्वाचित भएका छन् । उनले नेपाली कांग्रेसका मिन बहादुर आलेलाई ३ मतले पछि पार्दै जित हात पारेका हुन् ।

    यहाँ शुरु चरणकाे गणनामा मत वराबर भएपछि दुवै पक्षकाे सहमतिमा फेरि गणना गरिएकाे थियाे ।  पुन: गणना गर्दा श्रेष्ठले ३ मत बढी पाए । उनले ३९३ मत पाउँदा कांग्रेसका मिन बहादुर आलेले ३९० मत पाए ।

    दियालेमा यस अघिका सबै स्थानीय निर्वाचनहरु नेपाली कांग्रेसले जित्दै आएकाे थियाे । निर्वाचित जनप्रतिनिधीले नागरिककाे चाहना अनुसारका काम गर्न नसक्दा यस पटक दियालेका मतदाताले विकल्प राेजेकाे स्थानीय बताउँछन् । याे वडासँगै माओवादीले चिशंखुगढीमा ५ सहित जिल्लाभर जम्मा ७  वडामा जित हात पारेकाे छ ।

    याे वडामा पुन: मत गणनाकाे क्रममा विवाद समेत भएकाे थियाे । विवाद हुँदा २ बदर मत च्यातिएकाे बताइएकाे छ । कांग्रेसका प्रतिनिधिले बदर मत निर्वाचन अधिकृतकाे हातबाट तानेर च्यातेकाे आराेप छ । यसबारे उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

    प्रतिक्रिया दिनुहोस