२०८१ बैशाख १२, बुधबार | Wed, 24, Apr, 2024

सुनकाेसीमा कांग्रेसका कमल र सुनिता विजयी

  • २०७९ जेष्ठ ४, बुधबार मा प्रकाशित १ साल अघि
  • ओखलढुंगा- सुनकोशी गाउँपालिकाको अध्यक्षमा कांग्रेसका कमल तामाङ विजयी भएका छन् ।  एमालेका इन्द्रबहादुर खड्का (सुनिल) लाई परािजत गर्दै  तामाङ विजयी भएका हुन् ।

    उनले ५ हजार ३ सय ९९ मत ल्याएर विजयी हुँदा निकटतम् प्रतिद्वन्द्वी खड्काले ४ हजार १ सय ७४ मत ल्याएका छन् । यस्तै उपप्रमुखमा पनि कांग्रेसकै सुनिता अधिकारी विजयी भएकी छिन् ।

    उनले ५ जार २ सय १५ मत ल्याएर विजयी भइन् । उनकी निकटतम् प्रतिद्वन्द्वी एमालेकी सरस्वती कार्कीले ४ हजार १ सय ८८ मत ल्याइन् ।

    सुनकोशीका १० वडामध्ये  कांग्रेस र एमालेले बराबर जितेका छन् । ५ वटा वडा कांग्रेस र ५ वटा एमालेले जितेको छ । एमालेका गाउँपालिका अध्यक्षका उम्मेदवार इन्द्रबहादुर खड्काको वडामा कांग्रेसका खिलाबहादुर तामाङ र कांग्रेसको गाउँपालिका अध्यक्षका उम्मेदवार कमल तामाङको वडामा एमालेका गोविन्दराम तामाङ विजयी भए ।

    प्रतिक्रिया दिनुहोस