२०८१ बैशाख १२, बुधबार | Wed, 24, Apr, 2024

किशोरीलाइ बलात्कारपछि हत्या प्रयासकाे आशँका, शंकास्पद एकजना पक्राउ

Thumbnail
  • २०७९ जेष्ठ ८, आईतबार मा प्रकाशित १ साल अघि
  • ओखलढुंगा– शनिबार साँझ खाना खाएर छोरी घरमै सुतेकी थिइन् । बिहानपख ब्यूँझिदा छोरी ओछ्यानमा थिइनन् । मानेभन्ज्याङ गाउँपालिका ५ धिमिलेकी एक १७ वर्षिया किशोरी घरमा नदेखिएपछि परिवारका सदस्य र गाउँलेले बिहान झिसमिसेमै खोजी गरे । खोजी गर्दा करिब घरदेखि डेढ किलोमिटर टाढा सडकमा अचेत अवस्थामा भेटे ।

    उनको टाउकोमा गम्भीर चोट थियो । शरिरका कपडाहरु सबै च्यातिएका थिए । अचेत अवस्थामा भेटिएकी उनलाई तत्काल प्रहरीको सहायतामा ओखलढुंगा सामुदायिक अस्पताल मिसनमा उपचारका लागि लगियो । घटनाको प्रकृति हेर्दा बलात्कारपछि हत्याको प्रयास गरेको आशंका गरिएको छ । उनले अस्पतालमा उपचारपछि केही होसमा आएपछि प्रहरीलाई अपराधीको विषयमा थोरै संकेत दिइन् ।

    उनको उपचारमा खटिएका ओखलढुंगा सामुदायिक अस्पतालका चिकित्कसले बलात्कार हुनसक्ने जनाए । तर उनलाई थप उपचारका लागि हेलिकप्टर मार्फत शिक्षण अस्पताल काठमाडौं पठाइएको छ । बलात्कार भए नभएको विषयमा फरेन्सिक ल्याबमा परिक्षण गरि रिपोर्ट उपलब्ध गराउन प्रहरीले शिक्षण अस्पताललाई अनुरोध गरेको छ ।

    सोही आधारमा बलात्कार हो या होइन भन्न सकिने जिल्ला प्रहरीका डिएसपी सुकदेव खनालले बताए । किशोरीले प्रहरीलाई संकेत दिएको आधारमा एकजना शंकास्पद व्यक्ति प्रहरीले पक्राउ गरेको छ । ती व्यक्ति छिमेकी जिल्लाबाट पक्राउ गरिएको हो । उनीमाथी थप अनुसन्धान भईरहेकोले पूर्ण अहिले दिन नसकिने प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार किशोरीको टाउकोमा भुत्ते वस्तुले बेस्सरी हिर्काएको देखिन्छ । पीडितका परिवारले प्रहरी समक्ष जाहेरी दिईसकेका छन् । जिल्लास्थित महिला अधिकारकर्मीहरुले समेत अपराधी पत्ता लगाई कानुनी कारबाही हुनुपर्ने बताएका छन् ।

    इकान्तिपुरबाट साभार

    प्रतिक्रिया दिनुहोस