२०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024

मानेभञ्ज्याङ घटनाका अभियुक्त सार्वजनिक: जबरजस्ती करणी र ज्यान मार्ने उद्याेगमा जाहेरी

  • २०७९ जेष्ठ ९, सोमबार मा प्रकाशित १ साल अघि
  • ओखलढुंगा-  मानेभन्ज्याङ गाउँपालिका ५ धिमिलेकी १७ वर्षीया किशोरीमाथि बलात्कार र हत्या प्रयासको आरोपमा युवक पक्राउ परेका छन् । ती युवकलाई प्रहरीले पत्रकार सम्मेलन गरी सोमबार सार्वजनिक गरेको हो । पीडित किशोरी आइतबार बिहान गाउँ नजिकैको सडकमा अचेत अवस्थामा भेटिएकी थिइन् ।

    प्रहरीले आइतबार साँझ नै सिन्धुलीको नेपालथोकबाट अभियुक्त पक्राउ गरेको हो । पक्राउ पर्ने मानेभन्ज्याङ ९ माधवपुर स्थायी ठेगाना भएका २७ वर्षीय टंकाराज राई हुन् । उनले घटना आफूले गराएको प्रहरीसमक्ष स्वीकारेका छन् ।

    तर बलात्कार नगरेको बताएका छन् । ‘बलात्कार भए/नभएको चाहिँ शिक्षण अस्पतालबाट फरेन्सिक ल्याब रिपोर्ट आएपछि मात्र भन्न सक्छौं,’ जिल्ला प्रहरीका डिएसपी सुकदेव खनालले भने, ‘अन्य प्रमाणहरु र अभियुक्तले स्वीकार गरेको विषय मिल्दोजुल्दो भेटिएको छ ।’ यदि बलात्कार प्रमाणित भए अभियुक्तमाथि जबर्जस्ती करणी, ज्यान मार्ने उद्योग र लुटपाट डकैती मुद्दा चलाउन सकिने प्रहरीकाे भनाइ छ ।

    शनिबार साँझ बुबाआमासँगै सुतेकी किशोरी बिहान ओछ्यानमा थिइनन् । गाउँलेले खोजी गर्दा उनी करिब घरदेखि डेढ किलोमिटर टाढाको दुरीमा सडकमा अचेत अवस्थामा भेटिएकी थिइन् । उनको टाउकोमा गहिरो चोट थियो । शरीरका कपडाहरु सबै च्यातिएका थिए ।

    ओखलढुंगा सामुदायिक अस्पताल मिसनमा प्राथमिक उपचारपछि उनलाई थप उपचारका लागि आइतबार नै हेलिकप्टरमार्फत काठमाडौं पठाइएको छ ।

    याे पनि पढ्नुहाेस्

    किशोरीलाइ बलात्कारपछि हत्या प्रयासकाे आशँका, शंकास्पद एकजना पक्राउ

    प्रतिक्रिया दिनुहोस