२०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024

बालिका बलात्कारमा हेडसरदेखि ७६ वर्षिय वृद्ध सम्म सँलग्न

  • २०७९ अषाढ १, बुधबार मा प्रकाशित १ साल अघि
  • ओखलढुंगा– १२ वर्षिया बालिकालाई विद्यालयका प्रधानअध्यापकदेखि ७६ वर्षका वृद्ध गरि चारजनाले पटकपटक लामो समयदेखि बलात्कार गरेको घटना खुलासा भएको छ । सिद्धिचरण नगरपालिका ३ स्थित नारायणस्थान माध्यमिक विद्यालयमा अध्ययनरत एक बालिकामाथी फरक समय र स्थानमा पटकपटक बलात्कार गरेको घटनामा चारजना पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा नारायणस्थान माध्यमिक विद्यालयका प्रधानअध्यापक ४० वर्षिय पूर्णप्रसाद फुँयाल, स्थानीय ७६ वर्षिय फडिन्द्रप्रसाद दाहाल, ३२ वर्षिय डम्बर भुजेल र ३१ वर्षिय केवल भुजेल छन् । उनीहरु विरुद्ध सोमबार प्रहरीमा जाहेरी परेपछि पक्राउ गरिएको जिल्ला प्रहरीका प्रहरी निरिक्षक देवेन्द्र दासले बताए । घटनाको अनुसन्धान अघि बढेको र अभियुक्तहरुलाई म्याद थप प्रक्रियामा लगिएको निरिक्षक दासले बताए ।

    बालिकाले आफन्त र प्रहरीमा दिएको बयान अनुसार गएको वैशाखदेखि स्थानीय डम्बर भुजेलले पटक पटक उनलाई करणी गरेका थिए । त्यसपछि घाँस काट्न गएकै ठाउँमा ७६ वर्षिय फडिन्द्र दाहालले जर्बजस्ती करणी गरे । करणी गरेको थाहा पाएपछि केवल भुजेलले वृद्ध फडिन्द्र दाहाललाई आफूले भिडियो बनाएको भन्दै ५० हजार पैसा मागेर ब्ल्याकमेल गरेका थिए । उनले भिडियो नदेखाई पैसा नदिने बताए ।

    त्यसको केही दिनमै केवल भुजेल आफैले बालिकाको परिवारका सदस्य कोही नभएको मौका छोपेर घरमै गएर जर्बजस्ती करणी गरे । कसैलाई सुनाएमा ज्यान मार्ने धम्की दिएपछि बालिकाले घटनाबारे कसैलाई भन्न सकिनन् ।

    पीडित बालिका विद्यालयका प्रधानअध्यापक पूर्णप्रसाद फुयाँलको खाना पकाउने काम समेत गर्थिन । चारदिन अघि मात्रै प्रअ फुयाँलले कोठामै बालिकालाई बलात्कार गरेपछि दिउँसो दाजुलाई बताइन् । दाजुले बहिनीलाई सबै घटनाको यथार्थ सुनाउन अनुरोध गरेपछि करिब एक महिना अघिदेखिको घटना बाहिर आएको हो ।

    उनका दाजु मार्फत स्थानीयले खबर थाहा पाए र सोमबार प्रहरीमा जाहेरी दर्ता भएको हो । अत्यन्तै जघन्य र अमानवीय घटना भएकोले दोषीहरुमाथी कारबाही हुनुपर्ने स्थानीयले माग राखेका छन् । पीडित परिवार आर्थिक रुपमा कमजोर परिवार हो । उनीहरुले अभियुक्त फडिन्द्र दाहालकै थोरै जग्गा खरिद गरि बसेका थिए । दाहालकै केही जग्गा अधिया कमाएका थिए ।

     

    प्रतिक्रिया दिनुहोस