२०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024

सुनसरी उद्योग वाणिज्य संघमा विजय श्रेष्ठ

  • २०७९ अषाढ २२, बुधबार मा प्रकाशित १ साल अघि
  • सुनसरी- सुनसरी उद्योग वाणिज्य संघको अध्यक्षमा विजय श्रेष्ठ निर्वाचित भए । कुल खसेको २,२७८ मतदातामध्ये श्रेष्ठले १,२२५ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् । उनी नेपाली कांग्रेस निकट हुन्।

    उनका निकटतम प्रतिद्वन्दी शिवराज श्रेष्ठले ६३६ मत प्राप्त गरे। उनी एमाले निकट हुन्। यस्तै, पूर्व अध्यक्ष समेत रहेका पवन अग्रवालले ३३३ मत प्राप्त गरेकाे निर्वाचन अधिकृत राजेन्द्र शर्माले बताए ।

    यस्तै, उद्योगतर्फ विजय श्रेष्ठ प्यानलका पीयुषराज आचार्यले ५७८, प्रभाव खतिवडाले ५३० मत, महेन्द्र प्रधानले ५२१ मत र विष्णु बरालले ४९३ मत प्राप्त गर्दै विजयी भए। यस्तै, एमाले निकटका शिवराज श्रेष्ठ प्यानलका भोला श्रेष्ठले ४१५, चन्द्रप्रसाद बजगाईँले २८४ मत प्राप्त गरे।

    यस्तै, वस्तुगततर्फ विजय प्यानलका रामस्वरुप शर्मा र शिवराज प्यानलका पदमप्रसाद लिम्बू विजयी भएका छन्।

    यसअघि एसोसिएटतर्फ ३ सदस्यको लागि ३ जनाको मात्र उम्मेदवारी परेपछि निर्वाचन समितिले सर्वसम्मत चयन भएको घोषणा गरेको थियो। सर्वसम्मत हुनेहरूमा गोपाल श्रेष्ठ, अशोक जैन र राजु शाह रहेका छन्।

    यस्तै, वाणिज्यतर्फ उपेन्द्र चाम्लिङ, किसन मास्के, जयप्रकाश शर्मा, नवीन राजभण्डारी, मनोजकुमार अग्रवाल, राजेश अग्रवाल, शैलेशकुमार आचार्य र शशी साह निर्वाचित भएका छन्। यस्तै, वाणिज्यतर्फको महिला सदस्यमा वर्षा अग्रवाल निर्वाचित भएकी छन्।

    प्रतिक्रिया दिनुहोस