२०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024

‌ओखलढुंगा १८ ‍औं पूर्ण खाेप सुनिश्चितता जिल्ला, दिगाेपनाका लागि जनप्रतिनिधीहरुकाे प्रतिवद्धता

  • २०७९ अषाढ ३०, बिहिबार मा प्रकाशित १ साल अघि
  • ओखलढुंगा- पूर्ण खाेप सुनिश्चितता तथा दिगाेपना जिल्लाका रुपमा ओखलढुंगालाई घाेषणा गरिएकाे छ । १५ महिनासम्मका १ हजार ५ सय २१ बालबालिकाहरुलाई सबै प्रकारका खाेपकाे मात्रा पुरा गरेर पूर्ण खाेप सुनिश्चितता जिल्ला घाेषणा गरिएकाे हाे ।

    ७७ मध्ये ओखलढुंगा १८ औं जिल्लाका रुपमा घाेषणा भएकाे साे कार्यक्रममा जानकारी दिइयाे । जिल्ला स्वास्थ्य कार्यालयका सुचना अधिकारी तथा खाेप अधिकृत पुष्पराज पन्तले सबै सराेकारवालाकाे सहयाेगमा जिल्लालाई पूर्ण खाेप सुनिश्चितता बनाउन सकिएकाे र आगामी दिनमा त्यसकाे निरन्तरतामा सबैकाे सहकार्य र सहयाेग आवश्यक छ ।

    साे पूर्ण खाेप सुनिश्चितता जिल्ला घाेषणा कार्यक्रममा जनप्रतिनिधीहरुले स्वास्थ्य सबैभन्दा सम्वेदनशील विषय भएकाले आगामी दिनमा स्थानीय सरकारले खाेप केन्द्र र खाेप तथा औषधि सर्वसुलभ बनाउने प्रतिबद्धता जनाए ।

    राेगकाे उपचारात्मक र प्रतिराेधात्मक दुवै पद्धतिमध्ये प्रतिराेधात्मक बढी स्वास्थ्यमैत्री हुने उनीहरुकाे ठहर छ । कार्यककमा पालिका अध्यक्षहरु, समन्वय समितिका प्रमुख तथा उपप्रमुख, सुरक्षाा निकाय सरकारी कार्यालय र स्वास्थ्यकर्मी तथा पत्रकारहरु सहभागी थिए ।

     

    प्रतिक्रिया दिनुहोस