२०८१ बैशाख ६, बिहिबार | Thu, 18, Apr, 2024
कोरोना संक्रमणदर १० प्रतिशतले बढ्यो

थप ४३५ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमित २५३७

  • २०७९ श्रावण ५, बिहिबार मा प्रकाशित १ साल अघि
  • काठमाडौं : पछिल्लो २४ घण्टामा थप ४३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३५ सय ६९ जनाको नमुना परीक्षण गर्दा ४३५ जनामा संक्रमण पुष्टि भएको छ।

    १६ सय ६७ जनाको पिसिआर परीक्षण गर्दा ३ सय १७ जना र १९ सय २ जनाको एन्टीजेन परीक्षण गर्दा एक सय १८ जनामा कोरोना देखिएको हो।

    देशभर सक्रिय संक्रमितको संख्या २५ सय ३७ पुगेको हो। पछिल्लो २४ घण्टामा मृतक संक्रमितको संख्या शून्य रहेको छ।

    प्रतिक्रिया दिनुहोस