२०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024
यस्ताे पनि बैंक

ऋणिकाे मृत्युपछि ऋण मिनाहा, काजक्रिया खर्च हस्तान्तरण

  • २०७९ श्रावण ३०, सोमबार मा प्रकाशित १ साल अघि
  • ओखलढुंगा– मुक्तिनाथ विकास बैंकले ऋणिको मृत्यु भएपछि लिएको ऋण मिनाहा गरेको छ । ओखलढुंगाको सिद्धिचरण शाखाबाट ऋण लिएकी कालिका कट्वालको मृत्यु भएपछि उनले लिएको ऋण मिनाहा गरिएको शाखा प्रबन्धक विकल्प भट्टराईले जानकारी दिए ।

    ऋणको तिरिसकेको किस्ता मृतकका पतिलाईलाई फिर्ता गरि ऋण मिनाहा गरिएको हो । मृतक कट्वालले ४ लाख रुपैंया २०७८ असोजमा ऋण लिएकोमा साँवा व्याज सहित २ लाख ६३ हजार ७९ तिर्न बाँकी थियो ।

    बैंकले सो रकम मिनाहा गरेर हालसम्म मृतकबाट लिएको किस्ताको सावाँव्याज १ लाख ७६ हजार ७२१ रुपैंयामा २० हजार काजक्रिया खर्च थपेर फिर्ता गरिएको भट्टराईले बताए ।

    सो रकम मृतकका पति बाबुराम कट्वालाई हस्तान्तरण गरिएको हो । आफुले जीवनसाथी गुमाए पनि बैंकले ऋण मिनाहा गरेर पीडामा मलम लाउने काम गरेको कट्वालले बताए । मुक्तिनाथ विकास बैंकले ऋणिको मृत्यु भएमा ग्राहक सुरक्षण कोषबाट काजक्रिया खर्च दिने र ऋण मिनाहा गर्दै आएको छ ।

    प्रतिक्रिया दिनुहोस