२०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024
समाजवादीकाे जिल्ला कमाण्डरमा भट्टराई

उम्मेदवार चयन गर्दै नेकपा एसले भन्याे, ‘गठबन्धनमा सिट नपाए एक्लै मैदानमा जान्छाैं’

काे काे छानिए उम्मेदवार ?

  • २०७९ भाद्र ९, बिहिबार मा प्रकाशित १ साल अघि
  • ओखलढुंगा- नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले २०७९ मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका उम्मेदवाहरु सिफारिस गरेकाे छ । पार्टी पुन:गठनकाे बर्ष गाँठकाे अवसरमा भदाै ९ गते पत्रकार भेटघाट तथा उम्मेदवार सार्वजनिकीकरण गरेकाे हाे ।

    जिल्ला पार्टी कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरेर पार्टीका जिल्ला ईन्चार्ज तथा अध्यक्ष नेत्र प्रसाद भट्टराईले जिल्लाबाट संघ र प्रदेशमा उम्मेदवार बन्ने नेताहरुकाे नाम प्रदेश कार्यालयमा सिफारिस गरेकाे जानकारी दिए ।

    काे काे छानिए नेकपा एस का उम्मेदवार ?

    प्रदेश सभामा  प्रत्यक्षतर्फ क्षेत्र नम्बर क बाट राजन खत्री र सञ्जीव गुरुङ्ग ख बाट कमल खड्का, यमचन्द्र कट्वाल र पुर्ण कुमारी सुवेदीको नाम सिफारिस गरिएको छ । त्यस्तै समानुपातिकतर्फ क बाट तिलक लोहनी र शारदा निरौला तथा ख बाट अम्बीका प्रसाद भट्टराई छन् ।

    संघमा प्रत्यक्षबाट नेत्र प्रसाद भट्टराई, छत्र बहादुर कार्की र मेख बहादुर खड्का तथा समानुपातिकतर्फ निर्मला श्रेष्ठलाई सिफारिस गरिएको  छ । पार्टीको केन्द्रिय निर्देशन अनुसार गठबन्धन गरेर अन्य दलहरुसँग जाँदा  सहमतिमा जान सकिने जसका लािग जिल्लामा कम्तिमा एक सिट समाजवादीले पाउनु पर्ने दावी गरेकाे छ । जिल्लामा पार्टीकाे प्रतिनिधित्व शून्य पारेर गठबन्धन संभव नरहेकाे तथा एकल चुनावी मैदानमा जाने पनि नेताहरुले जनाएका छन् ।

    पत्रकार सम्मेलनमा जिल्ला अध्यक्ष हंशराज वाग्ले प्रदेश खेलकुद बाेर्डकाे सदस्य सचिव नियुक्त भइ खेलकुदकाे काममा व्यस्त रहेकाले हाललाई जिल्लामा पार्टीकाे काम प्रभावकारी बनाउन प्रदेश कमिटी बैठककाे निर्णय अनुसार जिल्ला इञ्चार्ज नेत्र भट्टराईलाई अर्काे व्यवस्था नभएसम्म अध्यक्ष समेत ताेकेर पठाइएकाे समेत जानकारी दिइयाे ।

    भट्टराईले भने, ‘पार्टीका अध्यक्ष वाग्ले खेलकुद क्षेत्रकाे महत्वपूर्ण जिम्मेवारीमा व्यस्त रहनुभएकाले उहाँ तत्काल निर्वाचनकाे काम अघि वढाउन प्रदेश कमिटीले मेराे संयाेजकत्वमा जिल्ला कमाण्ड ताेकेकाे छ । याे कमाण्डले प्रदेश स्तरीय २ उप कमाण्ड निर्माण गरेर उम्मेदवार सिफारिस समेत गरिसकेकाे छ ।’

     

    प्रतिक्रिया दिनुहोस