२०८१ बैशाख ६, बिहिबार | Thu, 18, Apr, 2024

खाेटाङ, साेलु र भाेजपुरमा पेशागत महासंघका समिति गठन

  • २०७९ भाद्र ९, बिहिबार मा प्रकाशित १ साल अघि
  • ओखलढुंगा- पेशाकर्मीहरुकाे छाता संस्था पेशागत महासंघका विभिन्न जिल्लामा जिल्ला समिति गठन भएका छन् । सरकारी तथा निजी क्षेत्रका पेशाकर्मीहरुकाे साझा संस्थाका रुपमा रहेकाे महासंघमा शिक्षक, कर्मचारी तथा अन्य पेशाकर्मीहरुका ट्रेड युनियन संस्थाका प्रतिनिधि समितिमा रहने ब्यवस्था छ ।

    साेही अनुसार खाेटाङ, साेलु र भाेजपुरमा समिति गठन भएका हुन् । साेलुमा खडानन्द बाँस्तोलाकाे संयाेजकत्वमा पेशागत महासंघ र जिन्दा राईकाे अध्यक्षतामा प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठन पुनर्गठन भएकाे छ ।

    त्यस्तै  भाेजपुरमा प्रभात राईको अध्यक्षतामा ५१ सदस्यीय प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति  गठन भएकाे संगठनकाे प्रदेश १ का महासचिव कमल तिम्सिनाले नागरिक मिडियालाई जानकारी दिए ।  भागवत घिमिरेकाे नेतृत्वमा १९ सदस्यीय पेशागत महासंघ जिल्ला समिति खाेटाङ गठन भएकाे छ ।

    यस अघि ओखलढुंगामा निजामति कर्मचारी तथा शिक्षककाे समिति र पेशागत महासंघकाे जिल्ला समिति गठन भइसकेकाे छ । संगठन विस्तार अभियानमा महासंघका प्रदेश १ ईञ्चार्ज शंकर सुवेदी, महासचिव उमेश मास्के, प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठन  प्रदेश १ का अध्यक्ष कमल तिम्सिना पहाडी जिल्ला खटिएका थिए ।

     

     

    प्रतिक्रिया दिनुहोस