२०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024

प्रदिप गिरीकाे श्रद्धाञ्जली सभामा प्रदिप सुनुवार र रामहरि खतिवडाले के भने ?

  • २०७९ भाद्र १६, बिहिबार मा प्रकाशित १ साल अघि
  • ‌‌ओखलढुंगा-  नेपाली कां‌ग्रेसका नेता तथा समाजवादी चिन्तक प्रदिप गिरीकाे  १३ औं पुन्यतिथिमा श्रद्धाञ्जली सभा आयाेजना गरिएकाे छ । नेपाली कांग्रेस जिल्ला कार्यसमितिले आयाेजना गरेकाे सभामा नेताहरुले प्रदिप गिरीकाे याेगदान र उनकाे व्यक्तित्वका बारेमा चर्चा गरे ।

    कार्यक्रमका प्रमुख अतिथि केन्द्रीय सदस्य प्रदिप सुनुवारले  प्रदिप गिरिकाे जस्ताे समर्पण र त्याग नेता कार्यकर्ताहरुमा हुनु पर्नेमा जाेड दिए । उनले भने- ‘उहाँलाई सम्झेर हामी सबै सुध्रिनु जरुरी छ ।’ सुनुवारले गिरीलाई समावेशिताकाे शूत्राधारका रुपमा गिरिकाे स्मरण गरे ।

    अर्का वक्ता केन्द्रीय सदस्य रामहरि खतिवडाले स्व.गिरीलाई किसुनजी सँग तुलना गरे । उनले नेपालमा कृष्ण प्रसाद भट्टराई किसुनजीपछि आफुले सम्मान  गर्ने अर्काे नेता स्व गिरी भएकाे सुनाए । उनले संविधान सभामा सँगै काम गर्दाका अनुभव तथा  आफुसिहत नेता गिरि र किसुनजीसँगका रमाइला क्षण सुनाए ।

    सभामा नेताहरु राजकुमार ढुंगाना, रुद्र अधिकारी, सविता राई, हेमालक्ष्मी राई लगायतले नेता गिरीकाे व्यक्तित्वका बारेमा बाेलेका थिए । जिल्ला सचिव अजय लुइटेलकाे अध्यक्षतामा  र सह सचिव उज्जन बुढाथाेकीले सञ्चालन गरेकाे कार्यक्रममा विभिन्न तहका नेताहरु, जनप्रतिनिधीहरु पत्रकार लगायत सहभागी थिए । १३ दिन अघि क्यान्सरका कारण सांसद गिरीकाे उपचारका क्रममा निधन भएकाे थियाे ।

    प्रतिक्रिया दिनुहोस