२०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024
संसदीय निर्वाचनमा उम्मेदवार चयन

माओवादीमा राम कार्की, काँग्रेसमा चार भाइ; काे नेता कुन तहमा सिफारिस भए ?

  • २०७९ भाद्र १९, आईतबार मा प्रकाशित १ साल अघि
  • ओखलढुंगा-  सत्तरुढ गठबन्धनका दलहरुले जिल्लाबाट उम्मेदवार सिफारिस गरेका छन् । गठबन्धनमा रहेका मुख्य दुई दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले शनिबारको बैठकबाट संघ, प्रदेश तथा समानुपातिकमा उम्मेदवारका आकांक्षीको नाम सिफारिस गर्ने निणर्य गरेका हुन् ।

    ओखलढुंगामा गठबन्धनमा चार दल छन् । यस अघि चारमध्ये नेकपा (एकिकृत समाजवादी) र जनता समाजवादीले उम्मेदवार सिफारिस गरिसकेका छन् । कांग्रेसमा आकांक्षी धेरै भएकाले संघ र प्रदेशमा गरेर दजनौं नेताहरु सिफारिस भएका छन् ।

    यी नेता भए कांग्रेसबाट सिफारिस 

    कांग्रेसले संघ तर्फ केन्द्रिय सदस्य तथा पूर्व जिल्ला सभापति प्रदिप कुमार सुनुवार, केन्द्रिय सदस्य तथा पूर्व सांसद रामहरि खतिवडा, खिलानाथ दाहाल र बालकृष्ण दाहालको नाम सिफारिस गरेको छ । यो नाम नेताहरुको वरियताका आधारमा क्रमशः सिफारिस गरिएको नेताहरुले बताएका छन् ।

    प्रदेश तर्फ क मा प्रत्यक्षतर्फ गंगाबहादुर कार्की, राजकुमार ढुंगाना, सर्वधन तामाङ, नविन राई, बद्री दाहाल, टेकराज भट्टराई बेदबहादुर रोका लगायत १४ जना नेताहरु छन् ।

    त्यस्तै प्रदेश ख मा प्रत्यक्ष तर्फ कुमार लुईटेल, रुद्र अधिकारी, अजय लुईटेल लगायत ७ जना नेताहरुको नाम सिफारिस भएको छ । जिल्ला कार्य समिति बैठकले उम्मेदवारको नाम प्रदेश समितिमा सिफारिस गरिएको केन्द्रिय सदस्य प्रदिप कुमार सुनुवारले जानकारी दिए ।

    समानुपातिकमा संघतर्फ महेश कोर्मोचा, गोमा केशी र बाला अधिकारी, डेकराज भट्टराई र हेमालक्षी राई छन् । प्रदेशतर्फ तिर्थ राज थापा, पेम निमा शेर्पा, हेमालक्षी राई लगायत १२ जना र प्रदेश ख सविता राई, कुमार श्रेष्ठ, लेखबहादुर राई लगायत १२ जना नेताहरु सिफारिसमा परेका छन् । उम्मेदवार सिफारिस लगत्तै नेताहरु गाउँ पसेका छन् ।

    माओवादीमा यस्ताे छ 

    गठबन्धनकै अर्को घटक माओवादी केन्द्रले प्रत्यक्ष तर्फ संघमा एक जना र प्रदेशमा ३ जनाका दरले उम्मेदवार सिफारिस गरेको छ । गठबन्धनमा संघ र प्रदेशको १ सिट काँग्रेसले दावी गरे पनि माओवादी केन्द्रले राष्ट्रिय व्यक्तित्व भन्दै केन्द्रीय कमिटी सचिव राम कार्कीलाई संघमा एकल नाम सिफारिस गरेको छ, भने समानुपातिक संघ तर्फ चम्पा कार्कीको नाम सिफारिस गरेको छ ।

    प्रदेश सभातर्फ प्रदेश क मा रामकुमार कार्की नविन, खुदबहादुर खत्री र नरेन्द्र खतिवडा छन् भने ख मा वर्तमान सांसद मोहनकुमार खड्का, जिल्ला ईञ्चार्ज बाबुराम गौतम र खड्ग योगी अनिलको नाम सिफारिस भएको छ ।

    प्रदेश समानुपातिकतर्फ विनोद कुमार सुनुवार, गुणकुमार राई, रुपेश शाक्य, मुकुन्द कार्की, एकिन्द्रराज कट्वाल, सिता नेपाली, नबराज खड्का लगायत नेताहरु सिफारिस भएका छन् ।

    अव जिल्लामा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको मात्रै उम्मेदवार सिफारिसको काम बाँकी छ । एमालेले भदौ २० र २१ गते निर्वाचन क्षेत्रीय कमिटी र जिल्लाको बैठक बोलाएको छ । बैठबकपछि २२ गते उम्मेदवार सिफारिसको काम सकिने जिल्ला सचिव कमल न्यौपानेले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस