२०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024
एकिकृत समाजवादीको प्रशिक्षण

जनताको पक्षमा काम गर्ने कम्युनिष्ट पार्टी बनाउने उद्घोष

  • २०७९ भाद्र २०, सोमबार मा प्रकाशित १ साल अघि
  • ओखलढुंगा- नेकपा (एकिकृत समाजवादी) का नेताहरुले निर्वाचनमा पार्टीको हैसियत देखिने गरि परिचालित हुन कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् ।

    नेकपा (एकिकृत समाजवादी) का केन्दीय उपाध्यक्ष तथा प्रदेश १ ईञ्चार्ज घनेन्द्र बस्नेतले कार्यकर्ता प्रशिक्षणमा राष्ट्रिय पूँजीको निर्माण गरेर समाजवादी यात्रामा अघि बढ्ने पार्टीको तत्कालिक कार्यनीति रहेको बताए । पार्टीको मार्ग दशर्क सिद्धान्त माक्र्सवाद, लेलिनवाद र लक्ष्य समाजवाद रहेको प्रष्ट्याए ।

    वस्नेतले नेता होइन नीति केन्द्रित, विचारबाट चल्ने पार्टी एकिकृत समाजवादी भएको भन्दै पार्टी निर्माण र चुनाव बढी भन्दा बढी भोट ल्याउने कार्ययोजनाका साथ अघि बढ्न निर्देशन दिए ।

    उनले चिन-अमेरिका द्वन्द्वले नेपाल युक्रेन बन्न सक्ने खतरा रहेको भन्दै चिन्ता समेत व्यक्त गरेका छन् । विश्व एक धुव्रीय शक्तिबाट बहुध्रुवीय द्वन्द्वमा गएकाले नेपाल जोखिममा रहेको औंल्याएका हुन् ।

    वस्नेतले भने, ‘चिन-अमेरिका द्वन्द्वको प्रभाव देखिने अवस्थामा पुगिसक्यो, चीन अमेरिका द्वन्द्वले विश्वयुद्ध निम्त्याउन सक्छ ।’ बस्नेतले नेपाल युक्रेन बन्न सक्ने खतरा रहेकाले नेपाल कुनैको पक्षमा देखिन नहुने, एक चीन नीतिबाट अमेरिका पछि हटेकाले द्वन्द्व बढिरहेको बताए ।

    पोलिटव्यूरो सदस्य तथा प्रदेश १ अध्यक्ष बलदेव चौधरीले पार्टीका नेता कार्यकर्ताहरु सक्षम बन्न आफुँमा भएको क्षमताको उपयोग गरेर मेहेनति बन्नुपर्ने बताए । उनले आत्मविश्वासका साथ उत्पादनका काममा जुट्नु पर्नेमा जोड दिए । सरकारले सबै वर्गको आर्थिक हैसियत समान हुने गरि नीति तथा कानुन निर्माण गर्नु पर्नेमा जोड दिए ।

    प्रशिक्षण चौधरीले भने, ‘शैक्षिक क्षेत्र डामाडोल भएका छन्, कम्युनिष्ट सरकारले सुर्धान नीति ल्याउँछ, विकास बजेट समान रुपले वितरण गर्छ भन्ने आश थियो, केपी ओलिले सबैलाई समाप्त पार्न लागेकाले विद्रोह गर्नु परेको हो, अव यी काम हामीले गर्नु पर्छ ।’ कार्यकर्ताहरुलाई उच्च मनोवलसहित काममा खट्न र अरु पार्टी भन्दा फरक व्यवहार देखाउन आग्रह गरे ।

    अर्का पोलिटव्यूरो सदस्य बबि चाम्लिङले स्थानीय कमिटी परिचालन गरेर पार्टीलाई चुनाव लक्षित गतिविधीमा केन्द्रित गर्न आग्रह गरे । स्थानीय तह सरकारकै रुपमा काम गर्ने भएकाले समन्वय र सहकार्य गर्दै गतल प्रवृत्ति विरुद्ध खबरदारी गर्न उनको सुझाव छ ।

    जिल्ला कमिटीले आयोजना गरेको प्रशिक्षणमा केन्द्रिय सदस्य, जिल्लाका पदाधिकारीहरु तथा जिल्ला कमिटी र पालिका कमिटीका सदस्यहरु सहभागी थिए ।

    उम्मेदवार सिफारिस गरिरहेको भन्दै जिल्ला नेताहरुले गठबन्धनमा कम्तिमा एक जिल्ला एक सिट लिएर मात्रै गर्न नेताहरुलाई सुझाव दिएका छन् । यसबारे गम्भीर छलफल भइरहेको उपाध्यक्ष वस्नेतले कार्यकर्ताहरुलाई बताएका थिए ।

    प्रतिक्रिया दिनुहोस