२०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024
लामै रस्साकस्सीपछि एमालेले गर्याे उम्मेदवार सिफारिस

एमालेमा उम्मेदवार सिफारिस: काे नेता कुन तहमा परे ?

तीव्र असन्तुष्टि, कार्यकर्ताकाे मनाेभावना विपरित सिफारिस गरेकाे गुनासाे

  • २०७९ भाद्र २२, बुधबार मा प्रकाशित १ साल अघि
  • ओखलढुंगा- नेकपा एमालेले आशन्न म‌ंसिर ४ गतेकाे निर्वाचनका लागि स‌घं तथा प्रदेशमा नाम सिफारिस गरेकाे छ । जिल्ला कमिटीले पठएका नामहरु निर्वाचन क्षेत्रीय कमिटीबाट प्रस्ताव भएर आएकामा केही थपथाप परेर सिफारिस भएकाे एक जिल्ला नेताले बताए ।

    प्रदेश सभा ख मा कार्यकर्ताहरुले एकल नाम पठाउन नेतृत्वलाई दवाव दिए पनि केही नाम थपिएकाे ती नेताले बताए । उनका अनुसार ख मा जीवि खड्काका नाममा सर्वसम्मत गर्न क्षेत्रीय कमिटीमा अधिका‌ंश कार्यकर्ताहरुकाे दवाव थियाे । क्षेत्रीय कमिटी बैठकमा जिल्लाबाट एकल नाम पठाउने सहमति भए पनि जिल्ला आएपछि कार्यकर्ताहरुबाटै अस्वीकृत नाम थप गरिएकाे एमाले स्राेतले नागरिक मिडियालाई बतायाे ।

    नेताहरुले जिल्लामा जिवी खड्काका अतिरिक्त नानीबाबु बुढाथाेकीकाे नाम थपेर प्रदेश पठाएका छन् । कार्यकर्ताहरुकाे सिफारिस बाहेककाे नाममा टिकट आए विद्राेह हुने एक जिल्ला सदस्यले बताए ।

    एमालेकाे प्रदेश ख का कार्यकर्ताहरुले नेता बुढाथाेकीलाई चुनाव नलड्न युवा पुस्तालाई सघाउन दवाव दिइरहेका छन् । २०७० सालकाे संविधान सभा निर्वाचनमा उनी साेही क्षेत्रबाट उम्मेदवार बनेर पराजित भएका थिए ।

    संघमा दुई केन्द्रीय सदस्य  तथा एक प्रदेश स‌ंसादकाे नाम सिफारिस भएकाे छ । नेताहरुका अनुसार टिकट सिफारिससँगै एमालेकाे गुटगत समीकरण फेरिने अवस्था सृजना भएकाे छ । टिकट लिने दाैडधुपमा नेताहरुकाे पुराना समिकरण फेरवदल भएर फरक फरक गुट निर्माण हुने र चुनावमा कार्यकर्ताकाे भावना विपरित टिकट वितरण भए परिणाम फरक आउने एक जिल्ला सदस्यले बताए ।

    ती नेताका अनुसार एमालेकाे भित्रकाे हाल फरिएकाे समिकरणले संघमा संघमा प्रदेश क का स‌ांसद अम्वीर गुरुङ र प्रदेश तर्फ ख मा जीवी खड्का र  क मा माेहनकुमार श्रेष्ठ पार्टीभित्र बढी चर्चाका पात्र देखिएका छन् । यद्यपी एमालेमा प्रदेश हुँदै केन्द्रमा पुगेर मात्रै टिकटकाे यकिन हुन्छ ।

    २१ र २२ गतेकाे जिल्ला तथा पदाधिकारीकाे फरक फरक बैठकबाट एमालेकाे जिल्ला कमिटीले  तपशिल अनुसारका नेताहरुकाे नाम प्रदेश कमिटीमा सिफारि गर्ने निर्णय भएकाे  एमाले स्राेतले बतायाे ।

    १. संघीय प्रतिनिधि सभा प्रत्यक्षतर्फ-: अम्बिर बाबू गुरुङ, किशोर अधिकारी, यज्ञराज सुनुवार । समानुपातिक तर्फ -:  शकुन्तला राजभण्डारी – महिला खुल्ला, क.चाम्पा राई -जनजाती महिला, ओम दयाल बिस्वकर्मा – दलित

    २) प्रदेश सभा तर्फ प्रत्यक्ष -: (क) निर्वाचन क्षेत्र : मोहन कुमार श्रेष्ठ, क.शंकर कटवाल, हर्कबोल राई  । समानुपातिक तर्फ-: बल बहादुर परियार – दलित, क.मणिराज  वाहिङ राई  – अल्पसंख्यक /जनजाती, पशुपति गुरुङ – महिला (जनजाति )

    ३ ) निर्वाचन क्षेत्र ख  प्रत्यक्ष तर्फ- नानिबाबु बुढाथोकी र ज्ञान बहदुर खड्का (जिबी) । समानुपातिक तर्फ –शान्ता ढुङ्गेल -खुल्ला महिला, प्रेम प्रसाद भट्टराई – खुल्ला

     

    प्रतिक्रिया दिनुहोस