२०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024

ट्रकको ठक्करबाट घाइते युवकको मृत्यु

  • २०७९ भाद्र २४, शुक्रबार मा प्रकाशित १ साल अघि
  • ओखलढुंगा- ओखलढुंगा सदरमुकाममा ट्रकको ठक्करबाट गम्भीर घाइते युवाको मृत्यु भएको छ । ट्रकको ठक्करबाट गम्भीर घाइते भएका मोलुङ गाउँपालिका ८ माझखर्कका २६ बर्षीय फुरी शेर्पाको उपचारका लागि काठमाण्डौं लाने क्रममा बाटोमा मृत्यु भएको हो ।

    सिद्धिचरण नगरपालिका ११ स्थित रमाइलोडाँडामा साइड लगाउने क्रममा ना २ ख ८७७९ नम्बरको ट्रकले ठक्कर दिँदा गम्भीर घाइते उनलाई जिल्लामा उपचार नहुने भएपछि काठमाण्डौ पठाइएको थियो । उनको बाटैमा मृत्यु भएको जानकारी आएको प्रहरीले जनाएको छ ।

    घटना हुनासाथ घाइतेलाई उपचारको लागि ओखलढुंगा सामुदायिक अस्पताल लगिएको थियो । अस्पतालबाट बाहिर रेफर गरेपछि काठमाण्डौं पठाइएको हो ।

    जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक केशव अधिकारीका अनुसार ट्रक चालक सिद्धिचरण नगरपालिका ९ ज्यामिरेका राजकुमार श्रेष्ठ र ट्रक अहिले प्रहरी नियन्त्रणमा छ । घटनाबारे अनुसन्धान भइरहेको उनले बताए ।

    उनी वेवारिशे अवस्थामा थिए । परिवार र उमेर समेत पहिचान नभएकाले उनको परिवारको खोजी भैरहेको प्रहरीले जनाएकाे छ । शवलाई जिल्ला अस्पताल रुम्जाटारको शव गृहमा राखिएको छ ।

    प्रतिक्रिया दिनुहोस