२०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024

पाँच वर्षपछि फेरि आमने सामन्ने

  • २०७९ आश्विन २४, सोमबार मा प्रकाशित १ साल अघि
  • ओखलढुंगा- नेकपा एमालेबाट केन्द्रिय सदस्य तथा प्रतिनिधी सभाका सांसद यज्ञराज सुनुवार र नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा संविधानसभा २०७० का सदस्य रामहरि खतिवडा फेरि चुनावी मैदानमा भेटिएका छन् ।

    २०७४ सलाको निर्वाचनमा पनि उनीहरु प्रतिस्पर्धी थिए । बाम गठबन्धनबाट सुनुवार र काँग्रेसका खतिवडाबीच नै प्रतिस्पर्धा थियो ।
    र सत्ता गठबन्धनबाट संघीय प्रतिनिधी सभाका लागि टिकट टुंगो लागेको छ । आइतबार मनोनयन दर्ताको तयारी गरिरहेका दलहरुको दिउँसो १ बजेदेखि मनोनयनको तयारी गरेको एमालेले संघमा निर्वतमान सांसद यज्ञराज सुनुवारलाई उम्मेदवार बनाएको छ ।

    सुनुवार २०७० सालको संविधान सभा निर्वाचनमा क्षेत्र नं. १ बाट निर्वाचित भएका थिए भने खतिवडा क्षेत्र नं. २ बाट निर्वाचित भएका थिए । सुनुवार एमालेको २ कार्यकाल केन्द्रिय सदस्य भइसकेका हुन् भने खतिवडा हाल केन्द्रिय सदस्य छन् ।

    सुनुवारले ५ हजार २ सय ५२ मतले खतिवडालाई हराएका थिए । त्यतिबेला बाम गठबन्धन थियो । अहिले एमाले एकल प्रतिस्पर्धामा छ भने काँग्रेस सत्ता गठबन्धनको नेतृत्व गरिरहेको छ । माओवादी र काँग्रेसका साझा उम्मेदवार खतिवडासँग एकल प्रतिस्पर्धा र सुनुवार छन् ।

    स्थानीय निर्वाचनमा ल्याएको मतका आधारमा गठबन्धन बजबुद देखिए पनि सिटबाँडबाँडमा काँग्रेस भित्रको किचलोले स्थानीय तहको निर्वाचनको जस्तो मत परिणाम नआउने अनुमान छ । दुवै युवा नेताहरुको दोस्रो पटकको प्रतिपर्धा निकै रोचक हुने जिल्लाका मतदाता र नेता कार्यकर्ताहरु बताउँछन् ।

    जिल्लामा चुनावी मैदानमा खतिवडा र सुनुवारका प्रतिस्पर्धी अरु नेता कार्यकर्ताहरु हुन नसक्ने काँग्रेस एमालेका नेता कार्यकर्ताकाे बुझाइ अनुरुप नै पार्टीले टिकट दिएकाे छ । पहिलाे भेटमा माओवादीकै साथले खतिवडालाई हराएका सुनुवारसँग अहिले फेरि माओवादीकै साथबाट खतिवडा प्रतिस्पर्धी बनेका छन् ।

    प्रतिक्रिया दिनुहोस