२०८१ बैशाख १२, बुधबार | Wed, 24, Apr, 2024

ती बलबहादुर र यी ‘बल् बहादुर’ !

  • २०७९ आश्विन २४, सोमबार मा प्रकाशित १ साल अघि
  • ओखलढुंगा-  आगामी मंसिर ४ गते हुने प्रतिनिधी सभा तथा प्रदेश सभा सदस्यकाे निर्वाचनका लागि आइतबार उम्मेदवारी दर्तापछि नेकपा एमालेका उम्मेदवारहरुले सिद्धिचरण नगरपालिका वडा नं ११ स्थित गाेरुमारे भञ्ज्याङमा पूर्व मन्त्री स्व.बलबहादुर राईकाे शालीकमा माल्यार्पण गरेर चुनावी अभियान थाले । लगत्तै सिद्धिचरण श्रेष्ठका शालीमा पनि मान्यार्पण गरे ।

    २०७४ सालकाे प्रतिनिधी सभाकाे निर्वाचनमा पनि एमालेका उम्मेदवार यज्ञराज सुनुवारले राईकै शालीकमा माल्यार्पण गरेर चुनावी अभियान थालेका थिए । यस वर्ष त्यसैलाई निरन्तरता दिए । त्याे बेला बाम गठबन्धन थियाे र सुनुवारका साथमा माओवादी थियाे।

    असाेज २४ गते साेमबार नेपाली का‌ंग्रेस र माओवादीकाे गठबन्धनका उम्मेदवारले साेही शैली अपनाए । उनीहरुले पनि बल बहादुर राई र सिद्धिचरण श्रेष्ठसँग आर्शिवाद लिए । अहिले माओवादी काँग्रेस गठबन्धन छ एमाले एक्लै भीडेकाे छ । पहिले एमाले माओवादी थियाे काँग्रेस एक्लै थियाे ।

    दुवै पार्टिका प्रमुख प्रतिस्पर्धी नेताहरुले स्वाभिमान र इमानका प्रतिमूर्ति स्वर्गीय बलबहादुर राईकाे प्रतिमा अघी झुकेर कसम खाए । उनीहरुले जिल्लाकाे विकास गर्न आफुले जित्नु पर्ने भन्दै सम्मान ब्यक्त गरे ।

    याे एक हिसाबले फेसन जस्ताे भाे । यसरी स्व. राईसँग उनीहरुले आशिर्वाद मागेका फाेटाहरु अहिले फेसबुकमा भाइरल छन् । यी फाेटाहरु देखेपछि उनीहरुले सक्ताे आशिर्वाद मागे हाेलान् भन्ने पनि चर्चा छ ।

    यसरी चुनावी अभियानमा बलबहादुर सम्झिने संघीय प्रतिनिधी सभाका पुरानै प्रतिस्पर्धी संघमा यज्ञराज सुनुवार र रामहरि खतिवडा तथा प्रदेशमा प्रदीप सुनुवार र अम्वीर गुरुङ तथा  जिवी खड्का र बाबुराम गाैतम छन् । यि ‘बल् बहादुर’हरुले जितका लागि आशिर्वाद त मागे हाेला तर ती बलबहादुर जस्तै इमान र स्वाभिमानकाे, विधी-पद्धति मान्ने , निष्ठावान् र सदाचारी पनि बन्न सकूँ’ भनेर चैं भन्ने सके कि सकेनन् ?

    उनीहरुकाे विगतले चाँही इमान, विधी-पद्धति, निष्ठा र सदाचारलाई अपवाद वाहेक भेट गराउँदैन ।

    प्रतिक्रिया दिनुहोस