२०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024

नेकपा एसले गठबन्धनमा सघाउने, समानुपातिकतर्फ कलम चिन्हमा मतदान गर्न अपिल

  • २०७९ आश्विन २६, बुधबार मा प्रकाशित १ साल अघि
  • ओखलढुंगा-  नेकपा एकिकृत समाजवादीले ओखलढुंगामा प्रत्यक्षतर्फ गठबन्धनका उम्मेदवारहरुलाई समर्थन गर्ने भएकाे छ । गठबन्धनकाे सिटबाँडबाडमा जिल्लामा सिट नपाएपछि उम्मेदवारी दर्ता गरेकाे समाजवादीले फिर्ता लिएर गठबन्धनमा सामेल हुने निर्णय गरेकाे छ ।

    विज्ञप्ति जारी गर्दै नेकपा एकिकृत समाजवादीका ईञ्चार्ज तथा अध्यक्ष नेत्र भट्टराई र सचिव नरेन्द्रकुमार श्रेष्ठले संघ र प्रदेश तर्फका प्रत्यक्ष उम्मेदवारहरुकाे नाम फिर्ता लिएकाे जनाएका छन् ।

    समाजवादीले संघमा याेगेन्द्र बस्नेत तथा प्रदेशमा क तर्फ देवराज दाहाल र ख मा कमलबहादुर खड्कालाई उम्मेदवार बनाएकाे थियाे । समाजवादीले जिल्लाबाट पर्देशमा शारदा निराैलालाई समानुपातिक उम्मेदवार बनाएकाे छ । समानुपातिक तफ कलम चिन्ह र प्रत्यक्षतर्फ गठबन्धनका उम्मेदवारलाई मतदान गर्न अपिल गरेकाे छ ।

    प्रतिक्रिया दिनुहोस