२०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024

गठबन्धनका उम्मेदवार सघाउने स्वतन्त्र उम्मेदवार कट्वालकाे घाेषणा

  • २०७९ आश्विन २९, शनिबार मा प्रकाशित १ साल अघि
  • ओखलढुंगा- प्रदेश सभातर्फ ख का स्वतन्त्र उम्मेदवार  हिरा बहादुर कटुवालले गठबन्धनका उम्मेदवारलाई सघाउने प्रतिवध्दता जनाएका छन् । गठबन्धनकाे काठमाण्डाैंमा भएकाे कार्यक्रममा उनले गठबन्धनका उम्मेदवार  बाबुराम गाैतमलाई सघाउने गरि उम्मेदवारी निष्कृय पारिएकाे उनले बताएका हुन् ।

    गठाबन्धनमा स‌ंघ र प्रदेश क मा कांग्रेस तथा ख मा माओवादी केन्द्रकाे तर्फबाट उम्मेदवार छन् । उनीहरुलाई साथ सहयाेग गर्ने गरि कट्वालले उम्मेदवारी फिर्ता लिएकाे घाेषणा गरेकाे नेकपा माओवादी केन्द्रका कार्यालय सचिव नबराज खड्काले बताए ।

    प्रतिक्रिया दिनुहोस