२०८१ बैशाख ११, मंगलबार | Tue, 23, Apr, 2024

च्यानममा एमाले कार्यकर्ता कांग्रेस प्रवेश

  • २०७९ कार्तिक १३, आईतबार मा प्रकाशित १ साल अघि
  • ओखलढुंगा- संयुक्त गठबन्धनले चुनाव केन्द्रित कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रम गरिरहेको छ । आसन्न मंसिर ४ गते हुने प्रतिनिधी सभा र प्रदेश सभा सदस्य निर्वाचनलाई लक्षित गरि गाउँगाउँमा भेटघाट तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रम गरेको हो ।

    आइतबार सुनकाेसीकाे च्यानममा  भएकाे कार्यक्रममा सुनकोशी गाउँपालिका वडा नं. ७ मा गरिएको कार्यक्रममा एमाले पार्टी परित्याग गरि दर्जन कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश  गरेको नेपाली कांग्रेसले जनाएकाे छ । 

    एमालेका पुराना कार्यकर्ता हस्त बहादुर श्रेष्ठ, सर्मिला कटुवाल, यज्ञ बहादुर बस्नेत लगायत १३ जना प्रवेश गरेको  कांग्रेस जिल्ला सदस्य हुकुम राईले जनकारी दिए ।

    गठबन्धन तर्फ बाट प्रतिनिधी सभा सदस्य उम्मेदवार नेपाली कांग्रेसका केन्द्रिय सदस्य रामहरि खतिवडा र प्रदेस सभामा क्षेत्र नं २ का  उम्मेदवार, नेकपा माओबादी केन्द्रका केन्द्रिय सदस्य बाबुराम गौतमले नवप्रवेशीलाई स्वागत गरेका थिए । प्रदेश क्षेत्र नं २ मा  गठबन्धनको तर्फबाट बाबुराम गौतम र नेकपा एमालेको तर्फबाट ज्ञान बहादुर खड्का (जीबी) चुनावी प्रतिस्पर्धामा छन् ।

    प्रतिक्रिया दिनुहोस