२०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024

ओखलढुंगालाई नमुना बनाउने राप्रपाको यस्ताे संकल्प !

  • २०७९ कार्तिक १७, बिहिबार मा प्रकाशित १ साल अघि
  • ओखलढुंगा- राष्ट्रिय प्रजातन्त्र पार्टी ओखलढुंगाले चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ । सदरमुकामस्थित रमाइलोडाँडामा आयोजित एक कार्यक्रममा घोषणा पत्र सार्वजनिक गरेको हो ।

    आसन्न संघ तथा प्रदेशसभा निर्वाचनमा राप्रपाले ओखलढुंगालाई मुलुककै नमुना क्षेत्र बनाउने संकल्प गरेको प्रतिनिधीसभाका उम्मेदवार डिकप्रसाद वास्तोलाले बताए ।

    त्यस्तै, निःशुल्क शिक्षा, स्वास्थ्यको व्यवस्था, कृषिमा अत्मनिर्भर बनाउने, पर्यटन र सूचना मैत्री जिल्ला बनाउने आफूहरुको उत्कट चाहना रहेकाे प्रदेश क्षेत्र नम्बर २ का उम्मेदवार पुष्पराज पोखरेलले  जनाए ।

    संघीयता खारेजी, हिन्दु राष्ट्र र राजसंस्था पुनः स्थापना, सम्मुनत र भ्रष्टाचार मुक्त समाज निर्माणका लागि आफूहरु प्रतिबद्ध रहेको  घोषणा पत्रमा उल्लेख छ ।

    प्रतिक्रिया दिनुहोस