२०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024

ठूला सभा गर्दै गठबन्धन, जीत नजिक पुगेकाे दावी

  • २०७९ कार्तिक १९, शनिबार मा प्रकाशित १ साल अघि
  • ओखलढुंगा- सत्ता गठबन्धनका उम्मेदवारहरुले ठूला सभा थालेका छन् । माेलुङकाे रामपुरबाट थालेकाे सभा चम्पादेवीकाे ककनीमा सम्पन्न भएकाे छ । शनिबार खिजीदेम्वामा रखिएकाे छ ।

    नेताहरुले जिल्लाव्यापी अभियान चलाइरहेका छन् । कार्यकर्ताहरुकाे साथमा घरदैलाे सकेर सभातर्फ उम्मेदवाहरु जुटेका हुन् । खेतिपाति भित्रयाउने सिजन भएकाले मतदाता भने खेतबारीमै सिमित भएकाले मतदाताकाे भव्य उपस्थित भने सबै दलका सभामा देख्न सकिएकाे छैन ।

    गठबन्धनका नेताहरुले भने स्थानीय तहकाे मत र जित निकालेका तहबाट गठबन्धनलाई आउने भाेटले सहजै निर्वाचन जितिने दावी गर्दै आएका छन् । जिल्लामा सत्ता गठबन्धनमा काँग्रेस माओवादी एकिकृत समाजवादी र जनमाेर्च रहेका छन् । गठबन्धनकाे प्रमुख प्रतिस्पर्धी भने नेकपा एमाले नै हाे ।

    गठबन्धनसँग पूर्व सांसद र पूर्व मन्त्री भिड्दैछन् । दलकाे गठबन्धन भए पनि मतदाताकाे नभएकाले गठबन्धनले निर्वाचन नजित्ने एमालेकाे दावी छ ।

    प्रतिक्रिया दिनुहोस