२०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024

मानेभञ्ज्याङका कांग्रेस नेता गंगाबहादुर एमाले प्रवेश

  • २०७९ कार्तिक २०, आईतबार मा प्रकाशित १ साल अघि
  • ओखलढुंगा- नेपाली का‌ंग्रेसका पुराना नेता मानेभञ्याङ गाउँपालिका कार्य समितिका पूर्व उप-सभापति गंगाबहादुर राई नेकपा एमालेमा प्रवेश गरेका छन् ।

    ३३ वर्ष नेपाली काङ्ग्रेसमा रहेर राजनीति गरेका राई नेपाली काँग्रेस छाडेर एमाले प्रवेश गरेका हुन् । उनले कांग्रेसबाट सामाजिक सुधार र विकास संभव नरहेकाे भन्दै एमाले प्रवेश गरेकाे एमालेले जनाएकाे छ ।

    मानेभञ्ज्याङ्  गाउँपालिका ६ थाक्लेका राईकाे एमाले प्रवेशलाई अर्थपूर्ण रुपमा हेरिएकाे छ । याे वडा कांग्रेस केन्द्रिय सदस्य तथा प्रतिनिधी सभाका उम्मेदवार रामहरि खतिवडाकाे वडा हाे । यस अघिका निर्वाचनहरुमा राई खतिवडा जिताउने अभियानमा महत्वपूर्ण भूमिका खेलेका थिए ।

    उनलाई एमाले केन्द्रीय सदस्य तथा प्रदेश सभाका समानुपातिक उम्मेदवार किशाेर अधिकारी नेता नानीबाबु बुढाथाेकी प्रदेश सभा क्षेत्र नं २ का उम्मेदवार जिवि खड्का युवा नेता रुपलाल तामाङ लगायतले स्वागत गरेका थिए ।

     

    प्रतिक्रिया दिनुहोस